काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बस्दैछ।
बैठकमा विनियोजन विधेयक, २०८१ को शहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला शीर्षकको बजेटमाथि छलफल हुनेछ ।
बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।
यसैगरी, डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, अजयकुमार चौरसियाले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तैगरी, राजेन्द्रकुमार केसीले विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, माननीय सुरेन्द्रराज आचार्यले विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।