मन्थली। रामेछाप सदरमुकामस्थित मन्थली नगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित गर्नसकेको छैन ।
नगरपालिकाले विगतदेखि स्थानीय रणजोर खोला दोभान तामाकोशी नदी किनारमा फोहर बिसर्जन गर्दै आएको छ । नगरपालिकाले न सो स्थानको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नसकेको छ न त त्यसको विकल्प खोजेको छ ।
स्थानीय विकास श्रेष्ठले कच्चिबाटोका कारण बजारदेखि बिसर्जनस्थलसम्म पुग्दा बाटोमै फोहर खसाल्दै जाने कारणले स्थानीयलाई आवतजावतमा नै समस्या हुने गरेको बताउनुभयो ।
“एकातीर बाटोमा खसाल्ने फोहरको दुर्गन्ध र सिसा बिझ्ने समस्या छ । अर्कोतीर फोहर डढाउँदा आउने धुँवाले नजिकैको बस्तीलाई बसिनसक्नु छ । यति हुँदा पनि त्यसको विकल्पबारे ठोस् पहलसमेत भएको छैन”, श्रेष्ठले भन्नुभयो ।
हुन त फोहर व्यवस्थापनका लागि वैकल्पिक उपायबारे चर्चा नभएको पनि होइन । मन्थली नगरपालिका–ं७ स्थित बडीमुहानमा फोहर बिसर्जनस्थल ९डम्पिङ साइट० निर्माण गर्ने भनि आवश्यक प्रक्रियासमेत सुरूभइसकेको थियो । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको थियो तर स्थानीयको विरोधका कारण नागरिक उडड्यन प्राधिकरणले अनुमति नदिँदा थप कार्य अगाडि बढ्न नसकेको नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो । नगरपालिकाले गत पुस २५ गतेको चौधौ नगरसभाबाट छ महिनाभित्र डम्पिङ साइट टुङ्गो लगाउने निर्णयसमेत गरेको श्रेष्ठको भनाइ छ ।
सो निर्णय भएको चार महिना बितिसक्दा पनि कार्यान्वयनको टुङ्गो लाग्नसकेको छैन । स्थानीय पवन रोक्काले भन्नुभयो,“फोहर बिसर्जनका विकल्पबारे पटकपटक कुरा भएका छन् तर कार्यान्वयन भएका छैनन् । बजारभरीको फोहर बस्ती नजिकैको खोलामा फाल्दा र अव्यवस्थितरूपमा फोहर डढाउँदा निकै समस्या भइरहेका भन्दै गुनासो गरे पनि सुनुवाइ भएको छैन ।”
स्थानीय पवित्रा खड्काले पनि फोहर व्यवस्थापनका लागि पटकपटक गुनासो र विरोधगर्दा समेत समस्या समाधानमा ठोस् पहल नभएको गुनासो गर्नुभयो ।
नजिकका बासिन्दालाई त समस्या छ नै, मन्थली बजारको फोहर तामाकोशी नदी किनारमा फाल्ने र फोहर मिसिएको त्यही पानी सोभन्दा तलका नागरिकले प्रयोग गर्ने गरेका छन् । स्थानीय कृष्णबहादुर सार्कीले नदीको तल्लो तटिए क्षेत्रमा बस्ने नागरिकले अनाहकमा समस्याको भागिदार बन्नुपरेकाले चाडै समस्या समाधान गर्न आग्रह गनुृभयो ।
ज्येष्ठ नागरिक सङ्घका अध्यक्षसमेत रहनुभएका स्थानीय नारायणदाश श्रेष्ठ पनि फोहर बिसर्जनस्थलको विकल्प खोज्नुका साथै अब फोहरबाट मोहर बनाउनसक्ने प्रविधिको उपयोगमा समेत जोडदिन अपरिहार्य रहेको बताउनुहुन्छ । इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु
इलाम । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो ।
यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उहाँले जानकारी दिनुभयो । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।
कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।