काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि व्याजदर सामान्य घटाएका छन् । शुक्रबार सार्वजनिक ब्याजदर अनुसार २० वटा वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् भने चार वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । १० वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् ।
असारका लागि २० वाणिज्य बैंकको औसत ब्याजदर ६.८७६ प्रतिशत छ । जेठमा यी वाणिज्य बैंकको औसत ब्याजदर ६.९७३ प्रतिशत थियो । ब्याजदर बढाउनेमा नबिल, हिमालयन, सिद्धार्थ र माछापुच्छ्रे बैंक छन् । जेठ महिनाको तुलनामा असारका लागि हिमालयन बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याज बढाएको छ भने सिद्धार्थ बैंकले ०.५० प्रतिशत विन्दु र नबिल र माछापुच्छ्रे बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।
केही दिनयता बैंकमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाएको बताइन्छ । मुद्दती निक्षेपमा कम ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न कमै आउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । त्यस कारण पनि बैंकहरू निक्षेप आकर्षण गर्नतर्फ लागेका छैनन् । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । गत महिनाको तुलनामा ११ बैैंकहरुको ब्याजदर घटेको देखिएको छ ।
जेठ महिनामा औषतमा ६.९९ प्रतिशतविन्दु रहेको १९ वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८६ प्रतिशतविन्दुमा झरेको छ । असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर ०.१२ प्रतिशतविन्दु घटेको हो ।
त्यस्तै, बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१३ प्रतिशतविन्दु घटेको छ । यसैबीच, ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यो बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा झरेको छ ।
सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिने भनेको छ ।