एजेन्सी । युरोकप फुटबलको को नक आउट चरणको समीकरण पूरा भएको छ । समूह चरणका सबै खेलहरू सकिएलगत्तै अन्तिम १६ मा खेल्ने टिमको टुंगो लागेको हो ।
६ वटा समूहको प्रत्येक समूहको शीर्ष स्थानमा रहने २ टिम र तेस्रो स्थानमा रहनेमध्येका उत्कृष्ट चार टिमको टुंगो लागेको हो । नेदरल्याण्ड्स, स्लोभाकिया, जर्जिया र स्लोभेनिया तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा परेर नकआउटमा प्रवेश गरेका हुन ।
समूह ‘ए’ बाट जर्मनी र स्वीट्जरल्याण्ड, समूह ‘बी’बाट स्पेन र इटाली, समूह ‘सी’ बाट इंग्ल्याण्ड र डेनमार्क, समूह ‘डी’बाट अष्ट्रिया र फ्रान्स, समूह ‘ई’ बाट रोमानिया र बेल्जियम र समूह ‘एफ’बाट पोर्चुगल र टर्कि समूह विजेता र उपविजेता बन्दै नक आउट चरणमा पुगेका छन्।
नक आउटमा स्वीट्जरल्याण्डले इटालीसँग, जर्मनीले डेनमार्कसँग, इंग्ल्याण्डले स्लोभाकियासँग, स्पेनले जर्जियासँग, फ्रान्सले बेल्जियमसँग, पोर्चुगलले स्लोभेनियासँग, रोमानियाले नेदरल्याण्ड्ससँग र अष्ट्रियाले टर्किसँग खेल्नेछ ।