काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा २२.३६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा उक्त संख्यामा नेपाल आउने पर्यटकको संख्या वृद्धि भएको हो ।
सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा नेपालमा कुल पाँच लाख ८३ हजार १९ जना पर्यटक भित्रिएका छन् । सन् २०२३ को सोही अवधिमा चार लाख ७६ हजार ४७० पर्यटक भित्रिएका थिए ।
सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा नेपालमा एक लाख ६ हजार ५४९ पर्यटक घुम्नको लागि आएको देखिन्छ । कुनै पनि वर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।
यसअघि सबैभन्दा बढी पर्यटक सन् २०१९ को पहिलो ६ महिनामा नेपाल भित्रिएका थिए । त्यो वर्ष सुरुको ६ महिनामा पाँच लाख ३६ हजार ५८ जना पर्यटक नेपाल घुम्न आएका थिए । अध्यागमनका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२७, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २१३ र जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् ।
सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २४४, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३ र जुनमा ७२ हजार २५० जना पर्यटक नेपाल आएका थिए ।