काठमाडौं । प्राकृतिक सुन्दरता, धर्म सम्पदा, बौद्ध, गुम्बा, कला संस्कृति हिम पर्वत, हरियाली सून्दर डाँडापाखा, कलकलाउदो झरनाहरुले भरिपूर्ण नगर हो, दुधकुण्ड नगरपालिका । सोलु जिल्लामा पर्ने यो दुधकुण्ड नगरको एउटा गाउँ हो गोराखानी गाउँ, जुन वडा दुधकुण्ड नगरपालिकाको वडा नम्बर-९ पर्दछ ।
यस वडामा पर्यटकीय क्षेत्रमा चर्चामा रहेको पिके पिक, ग्युरर्मी छोइलिङ गुम्बा, दुधपोखरी, बौद्ध, गुम्बा, माहादेवी, सेतीभूमि जस्ता पुरातात्विक हिसावले पनि महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन ।
यिनै विविध सुन्दरताले भरिपूर्ण कला सस्कृति, धर्मिक शक्ति पीठ र पर्यटकीय क्षेत्रलाई समेटी ‘हाम्रो गोराखानी गाउँ, राम्रो गोराखानी गाउँ’ बोल रहेको गीत सार्वजनिक भएको छ ।
दुधकुण्ड नगरपालिकाको वडा नम्बर-९ का वडाध्यक्ष धनराज तामाङको विषेश सहयोगमा स्थानीय कलाकार तथा मोडल पासाङ तामाङको सक्रियतमा निर्माण भएको यो गीतमा स्थानीय कला सस्कृति, भेष भुषा, गाउँ घर, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई समेटिएको छ ।
जैदुङ्, लाप्चा, सिसाखोला, डाडाखर्क, फेदी, दिम्सेत, गोरा, छेवार, धारापानी, पिके, दुधपोखरी जस्ता सून्दर बस्तीहरु रहेको गोराखानीको प्रचार गीतको भिडियोमा पनि सबै ठाउँलाई समेटिएको छ ।
पासाङ तामाङको परिकल्पनामा शंकर अधिकारी घायलको शब्द रहेको यस गीतमा सरोज प्याकुरेलको संगीत, गायिका रिता केसी र गायक संजय तोम्रुकको स्वर रहेको छ भने छायाँकार रेशम दर्लामीको सून्दर छायाँकन र विश्वराम खड्का र अर्जुन खड्काको सम्पादन रहेको यस गीतको भिडियोको निर्माण तथा निर्देशन रत्न काजी जोशीले गरेका छन् ।
ब्रम्हायणी डिजिटल मिडियामार्फत निर्माण भएको यो गीतको भिडियोमा पासाङ तामाङ र सुस्मिता तामाङ फिचर्ड छन् ।
म्युजिक भिडियो