ललितपुर । एक दशकअघि हेल्थ होमको रुपमा सुरु भएको सफल ११ औं वर्षमा आइपुग्दा १५ शय्याको हस्पिटल बनेको छ । २०७१ सालको असोज १ गतेदेखि अंकुपञ्चर र फिजियोथेरापीमार्फत सफलले बिरामीको उपचार तथा हेरचाह शुरु गरेको हो ।
अस्पतालका संस्थापक एवं अध्यक्ष डा.विशाल श्रेष्ठले १० वर्षअघि ५-६ जना कर्मचारीसँगै तीन वटा कोठाबाट अंकुपञ्चर र फिजियोथेरापी ओपीडीमार्फत सफल हेल्थ होम सञ्चालनमा ल्याउनु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘व्यवस्थापन र कर्मचारीको अथक प्रयासमा सफल हेल्थ होमले निरन्तर सेवा प्रवाहका साथै सेवा विस्तारमा गर्दै १० वर्षेमै यसले आफूलाई हेल्थ होमबाट हस्पिटलमा स्तरोन्नती गर्न सफल भएको छ ।’
११ औं वर्षमा आइपुग्दा अस्पतालले १५ शैय्याको हिस्पटलमा मात्रै परिणत भएको छैन, सफल । हस्पिटलमार्फत आवासीय सेवा समेत दिन थालेको छ । अहिले अस्पतालमा अंकुपञ्चर, फिजियोथेरापी, आयुर्वेद, अर्थो, न्युरो, मानसिक रोग, स्पीच थेरापी, प्रोटेस्थीस अर्थोसिस लगायतका सेवा विशेषज्ञमार्फत उपलब्ध गराउँदैं आएको छ ।
सफल हस्पिटल अहिले झन्डै २ रोपनी क्षेत्रफलमा निर्मित अत्याधुनिक संरचनासहितको आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । हस्पिटलमा अहिले डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारीसहित ३० जनाभन्दा कर्मचारी कार्यरत छन् ।सफल समूहले यो अवधिमा सुकेधारामा सफल उपचार केन्द्र र बागडोल एकान्तकुनामा सफल हार्ट एण्ड डाइबटिज सेन्टर गरी दुई वटा शाखा समेत संचालनमा ल्याएको छ ।
डा. श्रेष्ठले भविष्यमा सफल हस्पिटल आफ्ना सेवाहरु आम नागरिकमाझ थप प्रभावकारी रुपमा लैजाने अभियानमा रहेको जानकारी दिनुभयो । ‘भविष्यमा हामी हाम्रा सफल उपचार सेवाहरुलाई अझ बढी बिरामीहरुमाझ लैजाने अभियानमा छौँ,’ उहाँ भन्नुहुन्छ, ‘सेवा प्रवाह विस्तारसँगै गुणस्तरलाई पनि वृद्धि गर्दै लैजान्छौं ।’
अहिले सफल हस्पिटलमा धेरैजसो टाउको दुख्ने, माइग्रेन, इन्जाइटी, निन्द्रा नलाग्ने समस्या भएका, नसा च्याप्पिएका, जोर्नी दुख्ने, घुँडा र कम्मरको दुखाइ भएका बिरामीहरुले सेवा लिदैं आएका छन् । त्यसबाहेक हस्पिटलले प्यारालाइसिस र ट्रमेटिक ब्रेन इन्ज्युरी भएर हातखुट्टा नचल्ने बिरामीलाई भर्ना गरेर २४ सैं घण्टा नर्सिङ केयरसहितको न्यूरो रिह्याबिलिटेसन सेवा पनि उपलब्ध गराउँदैं आएको छ । अस्पतालमा २४ सैं घण्टा नर्सिङ केयर सेवा उपलब्ध रहेको छ ।
बुटिक होलटलजस्तो लाग्ने सफल हस्पिटल छिर्दा नेवारी कल्चर झल्किन्छ भने सानो पुस्तकालय, म्युजिक, ठूलो एक्युरियममा माछापालन र प्राकृतिक सुन्दर झल्किने आकर्षक भित्ते चित्रलगायतले विरामीलाई आनन्दित बनाउँछन् ।
दशौ वार्षिकोत्सवका अवसरमा आजकै दिनबाट सफल वेलनेस युनिट बनाउनका लागि शिलन्यास समेत गरेको छ । दुई महिनामा सेवा शुरु गर्ने यस वेलनेस युनिटमा बिरामी मात्र नभई स्वस्थ मानिसले समेत आएर स्टिम, साउना, मेडिकल मसाज, स्पोर्ट मसाज, अकुपञ्चर, डिटक्स थेरापी, योगा, ध्यान तथा साइको सोसियल काउन्सिलिङ जस्ता सेवा लिन सक्नेछन् ।
डा. श्रेष्ठले विषेश गरि साइको सोमेटिक डिसअर्डर भएका बिरामीहरुका लागि यो युनिक निकै फलदायी हुने बताउनु भएको छ ।