सरकारी तथ्याकंलाई आधार मान्दा जम्मा जम्मी जनसंख्याको लगभग ३३ प्रतिशत जनसंख्या युवा तथा किशोरकिशोरीकै छ । आजको स्वस्थ किशोरकिशोरीले नै भोली घर चलाउने हो । देशको मुहार फेर्ने हो । देश हाक्ने र बनाउने हो । त्यसैले किशोरावस्थाका बारेमा थाहा पाईराख्नु पर्ने केहि महत्वपुर्ण कुरा आज हामी यहाँ प्रस्तुत गर्दैछौं । उमेर परिवर्तनसँगै मनमा यौन र यौनसँग सम्बन्धीत कुराहरु धेरै आउन थाल्छन् । माया, प्रेम र साथी सम्बन्धका बारेमा एकदमै चासो बढ्न थाल्छन् । मन जिज्ञासु हुन्छ र हरेक कुरामा चासो हुन्छ । यहि उमेरमा प्रजनन् अंगको बिकास छिटो हुन थाल्छ । आफुलाई के हुन लागेको हो ? विकसित हुँदै गएका अंगले के के काम गर्छ ? भन्ने जिज्ञासा बढ्छ । सानो तिनो कुराले पनि छिट्टै प्रभावित पार्छ । साथीहरुको दवाव बढी हुन्छ । सुनेको वा कसैले भनेको हरेक कुरा प्रयोग गर्न मन लाग्छ । असल र खराब के हो छुट्टाउन सकिदैन । मनमा अनेक किसिमका कुरा खेल्छन् । ति पनि छिन् छिन् मै फेरिन्छन् । भोलि कस्तो मान्छे बन्ने भन्ने समय हामी धेरैले तनाव र दोधारमा बिताई रहेका छौं । त्यसैले किशोरावस्था देखि नै हामीलाई यौन तथा प्रजनन् स्वास्थ्य वा व्यक्तित्व बिकास सम्बन्धी सहि सुचना वा जानकारीको आवश्यकता हुन्छ । त्यसैले आज हामी अभिभावक र किशोर किशोरी उमेरका साथीहरुका लागि केहि उपयोगी पाठ्यसामाग्री प्रस्तुत गर्दैछौं ।
किशोरावस्था :
उमेर संगै शरीरमा परिवर्तन हुन्छ
यौन जन्य जिज्ञासाले मन भित्र छुन्छ ।
यस्तो बेला पायौं भने सल्लाह र सुुझाव
छट्याउन सक्छाैं हामी असल र खराब ।।
किशोरावस्था शारिरिक र मानसिक रुपमा परिपक्को हुँदै गरेको उमेर हो । यो उमेरमा उत्साह हुन्छ । हरेक कुरामा जाँगर चल्छ । माया पिरतीका कुरा बढी गर्न मन लाग्छ । साथीहरु धेरै बनाउन खोजिन्छ । छिट्टो्र रिस उठ्छ । हामी कुनै पनि कुरामा अडिरहन सक्दैनौं । अरुबाट छिट्टै प्रभावित भईन्छ । मन परेका हरेक कुराको नक्कल गर्न खोजिन्छ । यो किशोरावस्था उमेरको बिषेशता हो । यस्तो व्यवहारले राम्रो भन्दा नराम्रो परिणम धेरै ल्याउन सक्छ । त्यसैले साथी संगतम ख्याल पुर्याउनु पर्छ । कुनै पनि कुराको नक्कल गर्नु अघि कति सम्म गर्ने वा गर्दै नगर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ । हरेक कुरामा तुरुन्तै निणर्य गर्नु भन्दा सोच बिचार गर्नु पर्छ । सके सम्म आफुभन्दा अग्रज सँग सर सल्लाह गर्नु राम्रो हुन्छ ।
माया प्रेम र आकर्षणका बारेमा साच्नुहोस् :
आकर्षणलाई माया ठान्ने यो उमेरको बानी
यस्तो व्यवहार रोक्न थालौं आजै देखि हामी ।।
माया नै हो सबैभन्दा ठूलो जस्तो लाग्छ
माया बिनाको आकर्षण बिनासकारी हुन्छ ।।
किशोरावस्थामा बिपरित लिङ्गी प्रति हुने आकर्षण प्राकृतिक कुरा हो । आकर्षण देख्ने वित्तिकै वा एक्कासी जो सँग पनि हुन्छ । माया सबैसँग हुन सक्दैन । किशोरावस्थामा चैं हामी मध्ये धेरैले आकर्षणलाई नै प्रेम ठान्छौं । आकर्षणलाई प्रेम ठानिएको सम्बन्धमा एक ब्यक्तिले अर्काेलाई आफ्नो सुख र सन्तुष्टिको लागि शोषण गर्दछ । यस्तो सम्बन्ध विश्वासमा नभई ईर्ष्या तथा भयमा अडिएको हुन्छ । यतिबेला तत्कालका कुरा मात्रै विचार गरिन्छ । त्यसैले तपाई पनि माया र आकर्षण बिचको फरक छुट्याउनुहोस् । अनि आफ्नो साथी प्रति त्यहि अनुसारको व्यवहार गर्नुस् । आकर्षणलाई नै प्रेम अर्थात माया ठानी गरिने अपरिक्व सम्बन्धले किशोरकिशोरीहरुलाई आफ्नो भविष्यको गन्तब्य, कर्तब्य र जिम्मेवारीबाट विमूख गराउँछ । अनि आफु मात्रै अलपत्र पर्ने होईन परिवारका अरुलाई पनि अप्ठयारो पर्छ ।
महिनावारि नियमित प्रक्रिया हो :
अनेक थरि अन्धविश्वाशमा नपर्नु है दाजै
महिनावारी प्रकृया हो जानौं बुझौं आजै ।।
सफा सुग्घर गरौं अनि आरम सित बसौ
महिनावारी प्रकृ्रया हो अन्ध विश्वास त्यागाैं ।।
महिनावारी दश बाह्र बर्षपछिको उमेर सँगसँगै हरेक किशोरीमा आउने शारिरिक परिवर्तन हो । महिनावारीको बेलामा हामीले दिन दिनै नुहाउनु पर्छ । रगत बग्ने ठाउँको कपडा फेरि रहनु पर्छ । यस्तो कपडा सफा र नरम हुनु पर्छ । यो बेलामा शरिर अल्लि कमजोर हुने भएकोले आराम गर्नु पर्छ । गरुंगो काम गर्नु हुँदैन । महिनावारिका बेलामा कसै कसैलाई तल्लो पेट साह्रै दुख्छ । कहिले काँहि ज्वरो आउन सक्छ । त्यसैले बेला बेलामा तातो पानी खाईरहे ज्यानलाई आराम हुन्छ । सिलौटो वा ईटालाई तताएर त्यसलई कपडाले बेरेर पेट सेके पनि दुखाई कम हुन्छ । तर पेट साह्रै दुखि रह्यो भने औषधी खानु पर्छ । महिनावारीले साह्रै नै अफ्यारो बनाएको छ भने आमा दिदी वा घरका कोही न कोही अभिभावकसँग कुरा चैं गर्नै पर्छ । यो लाज अफ्टयारो मान्ने बिषय वा स्वास्थ्य समस्या होईन । महिनावारी भएकै आधारमा कोहि पनि किशोरी वा महिला माथी विभेद गर्नु हुँदैन ।
हस्तमैथुन र स्वप्नदोष यो स्वभाविक र सामान्य कुरा हो,
स्वप्नदोष प्रकृया हो नमानौं है डर
हाम्रो जस्तै उमेरमा हुन्छ स्वप्नदोष ।।
यै बेलामा हस्तमैथुन हाम्रो एउटा बानी
सुरक्षिता र स्वभाविक हो हस्तमैथुन बानी ।।
किशोरावस्थामा प्रजनन् अंगको बिकाससँगै अधिकांश किशोर किशोरीहरुलाई स्वप्नदोष हुन थाल्छ । निदाईरहेको बेलामा यौन उत्तेजना भएर बिर्य वा योनी रस स्खलन हुनुलाई स्वप्नदोष भनिन्छ । स्वप्नदोषले किशोरावस्थामा प्रबेश गरेको संकेत गर्छ । यसले यौनांगहरु परिपक्को हुँदैछन् भन्ने प्रमाणित गर्छ । त्यसैले स्वप्नदोष कुनै रोग वा समस्या हैन । यहि उमेरमा हामी किशोर किशोरीहरु आफैले यौन अंग चलाएर यौन सन्तुष्टि लिने व्यवहार शुरु गर्छौं, जसलाई हस्तमैथुन भनिन्छ । यो केटा वा केटी दुवैले गर्न सक्छन् । हस्तमैथुनका गरे पछि भविष्यमा सन्तान हुँदैनन् । विवाह पछिको यौन व्यवहार संतोषजनक हुँदैनन् भन्ने धारण गलत हो । स्वप्नदोष कुनै रोग वा समस्या नभए जस्तै हस्तमैथुन गर्नु कुनै अपराध होईन । यो त हामी युवा तथा किशोर किशोरीका लागि सुरक्षीत यौन व्यवहार हो ।
हिंसा हुन सक्छ :
छोरीलाई हेप्ने घरमा छोरालाई माया
लिंग भेद अझै पनि किन समाजमा ।।
भेदभाव सँगै हिंसा पनि हामी छोरी माथी
हिंसा रोक्ने पहल गरौं आजै देखि साथी ।।
छोरी, किशोरी वा केटीहरुलाई यौन दुव्र्यवहार वा हिंसा जहाँ पनि हुन सक्छ । मोटरमा यात्रा गरिरहेको बेलामा धकेल्ने , अचेट्ने , टाँसिएर बस्न खोज्ने लोग्ने मान्छेहरु हुन्छन् । बाटोमा केटाहरुले सुशिलो हालेर जिस्काउन् । शिक्षकहरुले पढाउने वाहनामा पनि हामी माथी यौन दुव्यवहार गर्न सक्छन् । यी सबै लिङ्गका आधारमा गरिने हिंसाका सामान्य उदहरण हुन् । यस्ता हिंसा वा दुव्यवहारले शारिरीक चोट पटक भन्दा मानसिक तनाव बढि दिन्छ । त्यसैले आफू माथि हिंसा भएको थाहा पाएपछि चुप लागेर बस्नु हुदैन । आफू माथी बलजफति वा बलात्कार भयो भने प्रहरी कार्यलयमा उजुरी गर्नुपर्छ । आफ्नै गाउँ ठाउमा भएका महिला समुह , किशोरी समुह ,युवा क्लब अथवा यस्तै दवाव समूहहरु मार्फत् आफु माथी भएको हिंसाको बिरुदमा आवाज उठाउन सकिन्छ ।
साथी संगत र अभिभावक
उमेरसंगै हाम्रो पनि रहर बढ्दै जान्छ
आमा बावु भन्दा हामीलाई साथी प्यारो लाग्छ ।।
फेर्नु पर्छ यस्तो स्वभाव आजै देखि हामी
आमा बाबु छोराछेरी साथी साथी ठानी ।।
किशोरावस्थामा धेरै साथीहरु अभिभावकसँग भन्दा साथीहरुकै संगतमा धेरै समय बिताउँछन् । साथी भाईकै दवावमा संभव , असम्भव कामहरु गर्न तयार हुन्छौं । यौन जन्य व्यवहारमा लाग्न सक्छौं । लागु औषधको दुव्र्यसनी हुन सक्छौं वा घर परिवारको सहमति बिना नै अन्य जोखिमपुर्ण काम गर्न पुग्छौं । तर घरमा आमा बाबुले हामीलाई साथीको जस्तै व्यवहार गर्न थाल्नु भयो भने यो समस्या कम हुन्छ । अभिभावकले हाम्रो बिचार वा भावनाको कदर गर्नु पर्छ । अनि हामीले पनि अभिभावकलाई सम्मान र आदर सहितको व्यवहार गर्नु पर्छ । त्यसैले अभिभावक र हाम्रो बिचको मैत्रिपुर्ण व्यवहार आजको आवश्यकता हो । हामी आजै देखि घर भित्रको वातावरण भनौ वा पारिवारिक सम्बन्धलाई मैत्रिपुर्ण बनाउने कोसिश गरौं । सुखि र समुन्नत भविष्यका लागि परिवार भित्र एकले अर्कोको बिचार र भावनाको सधै कदर गर्नु पर्छ ।
जोखिमपुर्ण यौन व्यवहार ः
बिस बर्ष पुग्नु अघि कोहि आमा बने
ज्यानै जान सक्छ उस्को यो कुरा चैं जाने ।।
पढाई सकि काम खोज विवाह गर अनि
सन्तान सुखि परिवार खुशि दंग हुन्छ्यौं तिमी ।।
बिस बर्ष पछि मात्रै हामी केटीहरुको प्रजनन् अंगहरु परिपक्को हुन्छ । त्यसैले बिस बर्ष अघि गर्भ रहेमा आमा र बच्चा दुवैको ज्यान जान सक्छ । बच्चा जन्मि हाले पनि आमा र बच्चा शारिरिक रुपमा कमजोर हुन्छन् । लेख्ने , पढ्ने उमेरमा आमा बन्नुपर्दा अरु समस्या थपिन्छन् । त्यसैले पहिला पढाई पुरा गरी काम खोज्नु पर्छ । आत्म निर्भर भएपछि मात्रै विवाह गर्नु पर्छ । अभिभावले पनि धर्म कमाउने लोभमा वा एकदिन पराई घर पठाउनै पर्छ भनेर उमेरै नपुगिकन छोरीको विहे गरिदिनु हुँदैन । कलिलो उमेरमा हुने गर्भधारणबाट हरेक किशोरीलाई बचाउनु अभिभावकको दायीत्व हो । समाजको कर्तव्य हो । यसका लागि स्वयम् हामी किशोर किशोरीहरु पनि अब सचेत र चनाखो हुनु पर्छ ।
अभिभावकका लागि सल्लाह :
यहि उमेरमा केहि गरौं भन्ने जोश,जाँगर नयाँ बिचार सबैलाई हुन्छ । त्यसैले हामीलाई सृजनशिल काममा लगाउनु तपाई अभिभावक र समाजका अगुवाहरुको कर्तव्य हो । अभिभावकले घर भित्रका हरेक निणर्यमा हामीलाई सहभागि बनाउन पर्छ । सामाजिक बिकासको काममा हाम्रो पनि बिचारलई समेटिनु पर्छ । निणर्य हतको यस्तो सहभागिताले हाम्रो निणर्य क्षमता बढ्छ । जिम्मेवारीपन थपिन्छ । अहिले देखि नै आफ्नो र समयको महत्व बुझिन्छ । अनि हामी कुलतबाट बच्न सक्छौं । अप्ठेराहरुको सामना गर्ने तरिका सिक्दै जान्छौं । निणर्य तहमा हाम्रो सहभागिता बढ्दै गए पछि घर भित्र हामी जिम्मेवार छोराछोरी बन्न सक्छौं । देशले असल नागरिक पाउँछ । त्यसैले युवाहरुको सहभागिता बिना बिकासको कल्पना कसैले पनि नगरौं र हरेक निणर्य तहमा हामी जस्तै युवाहरुलाई सहभागि बनाऔं ।
लेखक दिपेन्द्र रेडियो अडियोबाट हरेक रात १० बजे प्रशारण हुने युवा तथा किशोर किशोरी केन्द्रत रेडियो कार्यक्रमका निर्माता, प्रस्तोता हुन् ।