काठमाडौं । मंगलबार पनि शेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ ।अघिल्लो दिनको तुलनामा नेप्से ५८.९३ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २४७० मा कायम भयो । ११ बजेर २५ मिनेट जाँदा २५४७ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसपछि एकोहोरो ओर्लिरह्यो ।
मंगलबार कारोबार रकम सामान्य बढेको छ । अघिल्लो कारोबार दिनमा ५ अर्ब ६६ करोडको शेयर किनबेच भएकामा यसदिन ५ अर्ब ६८ करोडको कारोबार भयो । साताको तेस्रो कारोबार दिन १० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटे । फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशतले घट्यो ।
बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे । स्वरोजगार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ७.८, इङवा हाइड्रोको ४.१ तथा सीवाईसी लघुवित्तको ४ प्रतिशत बढ्यो ।
हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.७, बुद्धभूमि हाइड्रोको ७.९, स्वेतगंगा हाइड्रोको ७.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अघि रहे ।