काठमाडौँ । भारतमा बिक्री भइरहेका होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएसमा गम्भीर खाले सण्मस्या देखिएको छ । अहिले उत्पादित बाइकहरूको ब्रेक लाइट र बैंक एङ्गल सेन्सरमा समस्या देखिएको हो ।
होन्डाले ब्रेक लाइट स्वीचका रबरका भागहरूको निर्माणमा अनुपयुक्त पद्दती अपनाएको छ । जसको कारण जम्मै ठाउँमा क्रेकहरु देखापरिरहेका छन् । जुन क्रेकको सहायताले पानीभित्र पस्न सक्ने र भित्रीभाग चाँडै खिया जमेर विग्रिन सक्ने बताइँदै छ ।
यो समस्या सन् २०२० को अक्टोबरदेखि सन् २०२३ को जनवरीसम्म निर्माण गरिएका मोटरसाइकलमा बढी देखा परेको छ । साथै, बैंक एङ्गल सेन्सरमा पनि गम्भीर समस्या देखा परेको छ । सेन्सरको आवरणको ‘अनुपयुक्त मोल्डिङ’ का कारण यसमा छिद्र उत्पन्न हुन सक्छ, जसले पानी भित्र पस्न सक्ने सम्भावना बढाउँछ ।
जहाँ सेन्सरले काम गर्न नसक्ने समस्या उत्पन्न हुनसक्छ । यस्ता, समस्याले मोटरसाइकल अचानक रोकिने र संभावित दुर्घटनाको जोखिम हुने हुनसक्छ । यो समस्या सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को डिसेम्बरसम्म निर्माण गरिएका बाइकमा बढी देखिएको छ ।
चिन्ताको विषय के भने ? नेपाली बजारमा समेत तिनै समस्याग्रस्त बाइकहरु धमाधम विक्री भइरहेको छ । नेपाली प्रयोगकर्ताले यो विषयमा कुनै पत्तो नै पाएका छैनन् । जबकी भारतमा कम्पनीले प्रभावित ग्राहकलाई निःशुल्क प्रतिस्थापनको लागि सेवा उपलब्ध गराइरहेको छ ।
नेपाली बजारमा हालसम्म त्यस्तो सुविधा विक्रेताले दिएको छैन । कम्पनीले समस्या देखाएका बाइक नेपालमा स्याकार ट्रेडिङ कम्पनीले विक्रीवितरण गरिरहेको छ । तर, समस्याग्रस्त साधन फिर्ता गर्ने विषयमा स्याकारले कुनै चासो देखाएको छैन ।
नियामक यणतायात वयवस्था विभागले गुणस्तर परीक्षण नगरी जथाभावि दुई पाङ्ग्रे सवारीसाधन आयात र विक्रीका लागि अनुमति दिइरहेको छ ।
बैंक एङ्गल सेन्सर के हो ?
पुराना समयका धेरै बाइकमा बैंक एङ्गल सेन्सरको प्रयोग हुने गर्दैनथ्यो । बीएस ६ (बीएस सिक्स) मानकको आगमनपछि, धेरैजसो बाइक्समा यो विशेषता समावेश गरिएको छ । यो सेन्सर प्रायः फ्यूल ट्याङ्कीकोमुनि हुन्छ । र यसलाई त्यहाँ राख्नुको एक ठूलो कारण छ ।
जुन एक सानो पार्ट हो, जसलाई सेन्सर भनिन्छ । बाइक बन्द गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्दछ । चाबीले मात्र नभई यो यसै सेन्सरको सहायताले पनि बाइकलाई सजिलै बन्द गर्न सकिन्छ । जसले बाइकको सुरक्षा र सञ्चालनमा निकै मद्दत गर्दछ ।