काठमाडौं । घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका लागि सोमबार २३ सदस्यीय नेपाली टोली घोषणा गर्नु भएको हो । नेपाली महिला टोलीको कप्तान गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा हुन् ।
साफ महिला च्याम्पियनसिपको सातौँ संस्करण नेपालमा अक्टोबर १७ देखि ३० सम्म आयोजना हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् ।
प्रतियोगिताको यस संस्करणमा नेपालसँगै साविक विजेता बंगलादेश, भारत, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंका गरी दक्षिण एसियाका सात टोलीको सहभागिता रहनेछ ।
नेपाली टोली
गोलरक्षक (गोलकिपर) : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
रक्षापंक्ति (डिफेन्स) : गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर ।
मध्यपंक्ति (मिडफिल्ड ) : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी ।
अग्रपंक्ति (फरवार्ड/स्ट्राइकर) : रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।