केन्द्रिय संगठन बिभागले मंसिर २९ र ३० गते संगठनको लक्ष्य ऊदेशय र ऊपलबधि , समस्या र समाधान बारे निषकर्ष निकाल्ने र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न स्थानिय तहको जरा केन्द्रित कार्यक्रमाको आयोजना गरेको थियो। दुईदिने राष्ट्रिय कार्यशालाले “छ बुदे “ संकल्प प्रस्ताब पास गरि सिंगो पार्टी कमिटी र जनसंगठनलाई स्थानिय सॅगठन, टोल तह र घर दैलो सम्म पार्टीका बिचार ,नीति कार्यक्रम लैजाने प्रतिबद्धता व्यक्त गर्दै समापन गरेको थियो । आज सम्म आयेजीत कार्यक्रम मध्ये यो कार्यक्रमले ऊच्च प्रथमिकता पाएको थियो भन्नेकुरा पार्टी अध्यक्ष , बरिष्ट्र ऊपाध्यक्ष , ऊपाध्यक्ष र महासचिब लगायक अन्य पदाधिकाहरू , पोलिटब्युरो र केकस समेतको ऊपस्थितिले पुष्टी गर्द छ । संगठन बिभागको ईन्चार्जको कार्यपत्र संगठनको क्षेत्रको बारेमा बिहंगम ऐन थियो । समस्या र समाधानको सटिक मार्ग दर्शन थियो ।
यो कार्यक्रमको मुटु नेता देखी कार्यकर्ता सम्म कसरी पार्टी निर्माणमा कमा र रेफ नभनि एकताबद्ध भएर लागने । नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाऊन पार्टीलाई जनताको मन मुटुमा सम्म कसरि पुर्याऊने रु अर्थात जरा सम्म पुर्याऊने । यस बारेमा ब्यापक छलफल गरि निष्कर्ष निकालेर राष्ट्रिय कार्यशालाको समापन भएको थियो। यहि सेरेफेरोमा आळेख तयार गर्ने जमर्को गरेको छु ।
पार्टीलाई जरा सम्म पुर्याऊन सुदृढ बिचार , कुसल नीति नेतृत्व र संगठक , जुझारु अनुशासित संगठन ,जनमुखि कार्यक्रम र जनताका अजेण्डा हुन आबश्यक छ । सिद्धान्त नीति र कार्यक्रम जतिसुकै राम्रा भए पनि यसलाई बोकेर हिडने र लागु गर्ने नेता नेतृत्व र कार्यकर्ता छैनन भने यि सबै बिषय किताबको पानामा अर्थात परिपत्र र नेताको घरामा थन्किन्छन । अहिले एमालेमा आफु भन्दा माथिल्लो नेतृत्वमा असन्तुष्ठि र अबिशावसले घर गरेको छ । मातहत कमिटी पनि औपचारिकतामा सीमित हुने र काम पन्छाऊने जिम्मेवारी पुरा नगर्न परिपाटी देखिन्छ ।राम्रा प्रतिबेदन बुझाऊने र नेतृत्वलाई खुशिबनाऊन काममा सीमित होकी भन्ने कुरा यसपटकको स्थानिय तहको निर्बाचनले पनि अनुभूत हुन्छ । पार्टीले अंगिकार गरेको राष्ट्रिय शक्ति निर्माण र मिशन ०८४ पुरा गर्न कुरा पार्टीलाई जनस्तरमा नपुर्याई संभब छैन त्यसैले नेकपा एमालेको पार्टी कामलाई जनस्तर अर्थात जरा सम्म लैजाने र संगठनलाई बलियो बनाउन निम्न उपायहरू अपनाउनुपर्छ। यसबाट पार्टीलाई तल्लो तहसम्म जनमुखी, प्रभावकारी र सशक्त बनाउन सकिनेछ र बान्छित लक्ष्य प्राप्त गर्न सकिन्छ ।
१ संगठन निर्माण र सुदृढीकरण :- संगठन निर्माण सुदृढीकरण भनेको संगठनलाई भित्री रूपमा बलियो, अनुशासित र सक्षम बनाउनु हो। यसले संगठनको विस्तार, प्रभावकारिता, र जनसमर्थन लाई मजबुत बनाउँछ। प्रभावकारी नेतृत्व, सदस्यहरूको सक्रिय भूमिका, र संगठनको व्यवहारिक कार्यान्वयनले संगठनलाई सफल र दिगो बनाउँछ। संगठनको संरचनालाई व्यवस्थित बनाउने संगठनलाई स्थानीय, क्षेत्रीय, र राष्ट्रिय तहमा बलियो बनाउने।संगठनको प्रत्येक तहमा कार्य विभाजन र जिम्मेवारीको स्पष्टता।साना इकाईहरू (जस्तैः वडास्तर, गाउँस्तरं) मा संगठन विस्तार गर्दै बलियो बनाउने।सदस्यता अभिवृद्धि , नयाँ सदस्यहरू भर्ती गर्ने र पुराना सदस्यहरूको नबिकरण भूमिका बढाउन जोड दिनु पर्दछ । सदस्यहरूको कार्यक्षमता र जिम्मेवारीमा निरन्तर तालिम र मार्गदर्शन मार्फत बढाऊनु पर्दछ । संगठनका सदस्यहरूलाई योजना बनाउने र कार्यान्वयनमा सहभागी गराउने।वडास्तर र टोलस्तरका कमिटीहरू निर्माण गरी सक्रिय बनाउने ।प्रत्येक गाउँरनगरमा पार्टी कमिटीहरू पूर्णता दिई कामको बाँडफाँड स्पष्ट पार्ने।पार्टी सदस्यता वितरणलाई व्यवस्थित बनाउँदै प्रत्येक वडामा पार्टी सदस्यहरूको सूची तयार गर्ने।बूथस्तरमा संगठन विस्तार गरी चुनावी तयारीलाई बलियो बनाउने।जनसंबाद संचालन गर्ने घर दैलो अभियान चलाऊने ।सदस्यहरूको डिजिटल डाटाबेस बनाउने।मासिक रूपमा कमिटी बैठक राखेर समीक्षा गर्ने।
२ नेतृत्व विकास :- संगठनभित्र इमानदार, सक्षम, र जनउत्तरदायी नेतृत्व तयार गर्ने युवालाई संगठित गरि प्रशिक्षण गर्ने । युवा पुस्तालाई नेतृत्वका भूमिकामा समावेश गर्ने युवा नेतृत्वलाई बैचारीक र संगठानिक ढंगले निर्णय गर्ने सक्न् क्षमतावान र निष्ठावान अनुशासित र ब्यबाहारीक , जिम्मेवार र भरोशा योग्य बनाउने।क्रमश जिम्मेवारीन दिदैजाने ।
३ जनतासँग प्रत्यक्ष सम्पर्क अभियान:- घरदैलो कार्यक्रम सञ्चालन गरेर पार्टीका नीति र कार्यक्रम जनतासम्म पुर्याउने।प्रत्येक कार्यकर्ताले पाँच घर–पाँच सदस्य अभियान सञ्चालन गरी जनसम्पर्क बढाउने वडास्तरमा संवाद कार्यक्रम, जनपरिषद् वा सार्वजनिक सुनुवाइ आयोजना गर्ने।जनताका समस्या संकलन गरी समाधानका लागि एजेन्डा बनाउने।नियमित रूपमा स्थानीय जनतासँग समीक्षा बैठक राख्ने।
४ स्थानीय मुद्दालाई प्राथमिकता दिने :- पार्टीले स्थानीय तहका समस्या (खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार) लाई प्राथमिकता दिनुपर्छ।
जनतासँगको सहकार्यमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने।जनताको चासोका विषयलाई पार्टीको कार्यसूचीमा समेट्ने।हरेक वडामा स्थानीय विकास योजना बनाउने।जनप्रतिनिधिहरू र पार्टी कमिटीको संयुक्त जिम्मेवारी तोक्ने।बिकासको लागि एमाले नै भरोसा येग्य पीर्टी हे भन्ने मान्यता स्थापित गर्ने ।
५ वैचारिक प्रशिक्षण र जनचेतना अभिवृद्धि :- कार्यकर्ता र जनतालाई मार्क्सवाद-लेनिनवाद, जबज (जनताको बहुदलीय जनवाद) को प्रशिक्षण दिनु।तल्लो तहमा वैचारिक कक्षा, प्रशिक्षण शिविर र बहस कार्यक्रम सञ्चालन गर्ने।पार्टीका इतिहास, सिद्धान्त र उपलब्धिहरूको प्रचार गर्न पुस्तक वितरण र विचार गोष्ठी गर्ने।डिजिटल माध्यमबाट वैचारिक सामग्री उपलब्ध गराउने। गाउँ–गाउँमा भाषण तथा संवाद कार्यक्रम गर्ने।सीप मुलक तालिम र बिपत ब्यबस्थान तालिमको समेत बियबस्था गर्ने ।
६ जनताको कुरा सुन्ने:- अहिले शिक्षा संचार र सामाजिक संजालको प्रभाब ब्यापकरुपमा जनताको तहमा छ । त्यसबाट जनतामा सकारात्मक र नकारात्मक दुबै प्रभाब परेका छन । जनताका कुरा धैर्यताका साथ सुनेर मात्रा आफ्ना कुरा राख्नु पर्छ । जनताकोमा जांद जनतालाई गुरु र आफुलाई चेलो सम्क्षनु पर्दछ । अनि मात्र जनताले हाम्रा कुरा सुन्ने र संगठित गराऊन सकिन्छ अन्यथा संगठित गर्न असंभब हुन्छ ।
७ युवाको परिचालन :- पार्टीमा युवा परिचालन निकै कष्ट साध्यक्ष । त्यसमा पनि कम्युनिष्ट पार्टीमा युवा परिचालन चुनौति पुर्ण छ । शुरुमा युवालाई पार्टीमा आकर्षित गर्न खेलकुद, सांस्कृतिक कार्यक्रम र सामाजिक सेवा अभियान सञ्चालन गर्ने।युवा नेतृत्व विकास कार्यक्रममार्फत पार्टीको भविष्यका लागि नेतृत्व तयार गर्ने।स्वयंसेवक टोली बनाएर पार्टीका अभियान र जनसेवामा युवाको सहभागिता बढाउने।अनिमात्र युवाहरूलाई प्रशिक्षण र अवसर प्रदान गर्दै जिम्मेवारी दिने।युवाको सामाजिक सञ्जालमा पहुँचलाई पार्टी प्रचारमा उपयोग गर्ने।
८ महिलाको सक्रिय सहभागिता :- महिलालाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा अवसर प्रदान गर्ने।वडास्तरमा महिला मञ्च र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।महिलाहरूलाई सामाजिक र आर्थिक मुद्दामा संगठित गरेर जनचेतना फैलाउने। यसको लागि महिलाका लागि विशेष कार्यक्रम जस्तैस् आमा समुह , स्वास्थ, स्वयम सेबीका महिला स्वावलम्बन अभियान , टोल बिकास समिती र रोजगारि मुलक तालिमको ब्यबस्था गर्ने ।
९ गुटबन्दी अन्त्य र एकताको सुदृढीकरण :- पार्टीभित्रको गुटबन्दी र आन्तरिक कलहलाई अन्त्य गर्न संवादको माध्यम अपनाउने।सबै कार्यकर्ता र नेताहरूलाई साझा उद्देश्यमा एकजुट गराउने।पार्टी कमिटी र जनप्रतिनिधिबीच संवेदनशील समन्वय बनाउने।नियमित आलोचना र आत्मालोचना कार्यक्रम सञ्चालन गर्ने।
१० प्रविधिको प्रयोग र प्रचार—प्रसारः- पार्टीका गतिविधिहरूलाई डिजिटल प्लेटफर्म (सोसल मिडिया, वेबसाइट) मार्फत प्रचार गर्ने।मोबाइल एप्स र सूचना प्रवाहका माध्यमहरू प्रयोग गरी जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने।यसकोलागि हरेक वडामा सञ्चार संयोजक राख्ने,डिजिटल माध्यमबाट प्रशिक्षण सामग्री र सूचना पुर्याउने।
११ सामाजिक सेवामा पार्टीको भूमिका :-विपद् व्यवस्थापन, स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ कार्यक्रम सञ्चालन गर्ने।स्थानीय समस्या समाधानका लागि सामाजिक जागरण अभियान सञ्चालन गर्ने।यसको लागि प्रत्यक टोलमा पार्टीको समाजसेवा इकाई गठन गर्ने।
१२ नियमित समीक्षा र अनुगमन :- हरेक तहको कमिटीको कामको अनुगमन र मूल्यांकन गर्ने।नियमित बैठक राखेर प्रगति र कमजोरीको समीक्षा गर्ने।निसक्रिय कार्यकर्तालाई प्रशिक्षण र जिम्मेवारी दिने। मुल्यांकनको स्पस्ट माप दण्ड सहित पुरस्कृत र दण्डको ब्यबस्था गर्ने । कार्यकर्तामा मुल्याकन हुन्छ भन्ने भरोसा जगाऊने ।
१३ आलोचना र आत्मालोचना सँगठनभित्रका कमजोरीहरू पहिचान गर्ने र समाधान गर्न पहल गर्ने।स्वस्थ आलोचना र आत्मालोचना को संस्कृति स्थापित गर्न विगतका गल्तीबाट सिक्दै संगठनलाई सुधार र सुदृढ बनाउने र जनताको बिचमा जादा आत्मालोचनतमको चेत सहित ऊपस्थित हुन ।
निष्कर्षः—
नेकपा एमालेले पार्टीको कामलाई स्थानिय तह अर्थात जरा सम्म लैजान संगठनको सुदृढीकरण, जनसम्पर्क विस्तार, वैचारिक प्रशिक्षण, र जनताको समस्या समाधानलाई प्राथमिकता दिनुपर्छ।
पार्टीले युवा र महिलाको सक्रिय परिचालन, प्रविधिको प्रयोग र स्थानीय विकासका मुद्दालाई केन्द्रमा राखेर काम गरेमा तल्लो तहसम्म विश्वास र समर्थन हासिल गर्न सफल हुनेछ।जनता संगको सहकार्य आत्मियता जनमुखि काम र जन बिशवास नै सफलताको द्योतक हो ।
(पोखरेल नेकपा एमाले पेलिटब्युरो सदस्य एवं पूर्वमन्त्री हुनुहुन्छ )