मेरा अतितहरुलाई वर्षेनी छालले बगाएर लगे,
मेरा हर सपनाका ढुकढुकी अब प्रतेक पलको यादहरुमा मात्र वस्न थाले !! आकाशबाट वर्षेको घनघोर वर्षले मेरा यी शरीर निथ्रुक्क भिजाए सरि म थकित थकान शरीर अनि भारी मन लिएर बसेकी छु । विवेक र मेरो ८ वर्षको लामो प्रेम यात्रा पछि हामीले वैवाहिक बन्धनमा परिणत गराएका थियौं । त्यो पल सबै भन्दा खुशी भएको पल थियो । झकिझकाउ मण्डप सजिएको थियो । सुभचिन्तक तथा आफन्तजनले शुभकामना दिइरहेका थिए । मैले विवेकको साथ पाए पछि आफ्नो प्रेममा सफल भएकी मान्छे ठान्थे ।
अमेरिकामा विवेक पुरै स्कुलरशिपबाट भौतिक शास्त्र तर्फ पी.एच.डी गर्दै थियो । त्यसको ५ वर्ष नबित्दै मेरो आफ्नै सासू आमा अर्थात विवेकलाई जन्म दिने आमाको दु:खद निधन भयो जुन बेला विवेक आउन पाएन पछि आमाको काजकिरियाको समयमा मात्रै आउनु भएको थियो ।
आमाको काजकिरिया सकेपछि अचानक विवेकको स्वस्थ्यमा समस्य आयो । विवेकले अस्पतालमा आफ्नो स्वस्थ्य परीक्षण गर्दा रिपोर्टमा उनलाई ब्रेन ट्युमर भएको थहा भयो त्यो पनि चौथो स्टेजको ।
हामीले अमेरिकामा विवेकको पढाईलाई भन्दा पनि उपचारको निम्ति केन्द्रित हुन खोज्यौ । उपचारका क्रममा दुई पटक शल्यक्रिया गराएर ७० प्रतिशत ट्युमर निकाल्न सफल भएका थियौँ बाकी उपचार भने किमोथेरापी र रेडिएसनबाट मात्रै गर्नु पर्ने बाध्यता भयो ।
हामी आफ्नो सपनाका हररात बिपनामा परिणत गराउन चाहन्थेउ मिठा तिता पलका कुराहरु गरेर घण्टौ सम्म विवेकको छातीमा निदाउथे म । मेरा हरेक चाहना केवल बिबेक थियो विवेकलाई बचाउनु थियो ।
विवेकको साथ पाए पछि मलाई यस्तो लाग्थ्यो मैले सबै थोक जित्न सक्छु उदासिन्तामा साहस दिन सक्छु । उसलाई जस्तो सुकै दु:ख होस तर हरहमेशा म उसलाई साथ दिन्छु ।
"जीवनको सबै भन्दा खुशी पल त्यही हो जहाँ दु:ख पर्दा जीवनसङ्गिनीले सदैव साथ दिइएको होस ।"
मेरो जीवनको काहनीमा एक प्रिय पात्र थियो विवेक । जसले मेरो साथमा प्रेमका महाकाव्य "मुनामदन" को जस्तो इतिहास रहन गयो ।
म उसको मुना थिए विवेक मेरो मदन थियो । मदनले आफ्नो प्यारी मुनालाई खुशी राख्न पर्देशिन आफ्नो पद यात्रा तय गरेको थियो । तर मेरो कथामा विवेकलाई एक्कसी क्यान्सर जस्तो घातक रोगले चेपेको थियो। "कहानी उहीँ भोगाइ फरक थियो पीडा उहीँ दुखाइ फरक थियो ।"
विवेकको यो क्यान्सर क्रमशः दिन प्रती दिन फैलिदै गयो
म प्रेमको सागरमा विवेकलाई यसरी डुबाउन चाहन्थे ता कि उसले आफुलाई क्यान्सर रोग नै लागेको छैन भन्ने महसुस भएको होस ।
शरीरलाई जति सुकै रोगले चेपे पनि यदि मनोबल दरो छ भने उसले शारीरिक रोगलाई जित्न सकिन्छ भन्ने मेरो अडान थियो । सायद त्यही सोचले म नीर निरन्तर विवेकलाई माया, प्रेम, ममता, स्नेह दिई रहे ।
"विवेकलाई १० प्रतिशत देखि धेरै अब हामी बचाउन सक्दैनौं" भनेर अस्पतालमा डाक्टरले नभनेको पनि होइन तर मैले विवेकलाई सत प्रतिशत ठिक बनाउनु पर्छ भनेर प्रतिज्ञा गरि रहे ।
"विवेकको आफ्नो लामो कपाल क्यान्सरको कारणले खुइलिसकेको थियो मैले पनि उसको मनोबल बढोस् भनेर आफ्नै लामो कपाल काटी दिएकी थिए ।"
"जहाँ जे सुकै दु:ख कष्टमा भए पनि कहिल्यै साथ छोड्ने छैन हजुरलाई पिडा पर्दा मेरो मन मा पनि पिडा पर्नेछ तपाईंको शरीर दु:खदा मेरो पनि शरीर दुख्ने छ प्रिय विवेक ।" हामी ले गरेका यी बाचा बन्धनलाई म कसिलो बनाउने चेष्टामा थिए ।
कहिले विवेकलाई म नाचेर हासाइ दिन्थे त कहिले उसका छातीमा बसेर एकोहोरो हेरिदिन्थे, विवेक मलाई एक टकले हेरिरहन्थ्यो अनि आखा भरी आशुको ताल बनाउथ्यो । तर मैले उसको अगाडि कहिल्यै आशु झारिन बरु म आफै भित्र भित्रै थली सकेकी थिए आफ्नो तन मन सबै सबै छिया छिया बनी सकेको हुन्थ्यो ।
विवेकका आखामा आएका आशुलाई एक हातले पुच्दै भन्थे " हजुरलाई केही पनि हुदैन आज सम्म नरचेको इतिहास हामी रच्ने छौं विवेक।"
एउटा घातक रोगलाई पनि एक पबित्र प्रेमको मल्हमले ठिक बनाउन सकिन्छ भन्ने उदाहरण दिन जरुरी ठान्थे म । विवेक मुसुक्क मुस्कुराउथ्यो मात्र उसको मुस्कान भित्र मलाई यस्तो लाग्थ्यो म आफैं स्वयं उ भित्र छु ।
विवेक को बर्थडे हुँदा मैले अनेकौं किसिमले खुशी बनाउने चेष्टा गर्थे । " जीवनमा बरु मेरो आफ्नै सासले धोका देला तर सिर्जना तिमीले कहिल्यै दिदैनौ ।" उ भित्रको सत्य प्रेम जुन बेला झल्किएको थियो । त्यस प्रेमलाई माथि माथि आकाश सम्म आकासिउन चाहन्थे म ।
हाम्रो माया प्रेमको जोडीलाई सामाजिक संजालमा समेत सबैले माया प्रेम दिई रहेको थियो । कसैको नजरमा कलियुगको राधाकृष्ण, मुनामदन, रामसिता आदि उपनामले सिर्जित भइसकेको थियो ।
मैले विवेकलाई हरहमेशा रोगसँग लड्न सक्नु पर्छ भन्ने सकारात्मक सोचको बिकास गराउन चाहान्थे ।
"फ्लोरेन्स नाइन्टिङगेलले आफ्नो इतिहासमा दर्जनौं रोगी बिरामीहरुलाई मनासिक रुपमा सकारात्मक सोचको बिकास गरेमा कयौं रोगहरुलाई जित्न सकिन्छ भनेर प्रेरणा दिएको कुरा म उसलाई भन्थे।"
विवेकसङ्ग म सधैं भरी उसको धड्कन बनेर बसि रहे प्रतेक पल मुटुको धड्कनले उसलाई सिर्जना मेरो साथमै छ भन्ने आभास दिलाउन चाहान्थे ।
"विवेक मेरो जीवन जीउने आश हो, दुनियाँका हरहमेशा बहुमुल्य चिज बन्दा प्रियतम खास हो ।"
मेरो आधा शरीर रित्याएर भए पनि विवेकलाई बचाउन चाहान्थे उसका लागि म आफ्नै खुशीहरु पाउमा पार्न पनि पछि हट्दिन थिए । मेरो सबै थोक विवेक हो उ नै जीवन जीउने आधार पनि हो ।
अन्ततः मेरा लाखौं प्रार्थना अनेकौं प्रयासहरुको पछि केही सीप लागेन मैले फेर्न स्वास बन्द हुँदै गए जस्तो अनुभुती हुन थाल्यो । म एक टकले हेरिरहन मात्रै सक्यौं मेरो प्राण भन्दा प्यारो मान्छे विवेकलाई बचाउन सकिन । उसले श्रीमतिको नाउँमा दिएको एक चिम्टी सिंदुर अब खाली खाली हुँदै रितिएर जान लागे ।
एउटा घातक रोगलाई प्रेमको ओखतीले ठिक बनाउन सकिन्छ भन्ने मेरो मनको प्रयोगशाला अब विफल हुँदै गयो । मैले हजारौं पटक गरेका अव्यर्थनाहरु एक एक गर्दै नासिन थाले ।
"मेरा सपनाका एक टुक्रा मैनबत्ती अब उदासिन्त हुँदै अध्यारोमा रुपान्तरित हुन पुगे ।"
मैले केही देखिन खाली विवेकसङ्ग बिताएका क्षणहरु मात्रै देखि रहे उसका पलहरुले मलाई विवेकलाई अझै केही पनि भएको छैन भन्ने आभास दिई रहयो ।
"मान्छेको भाग्यमा जे लेखिएको छ त्यही साबित हुनेरहेछ ।" मैले विवेक सङ्ग बिताएका अविस्मरणीय पलहरु एक खास अमुल्य क्षण बनेर मेरा हृदयका भित्ताहरुमा छापी रहे ।
भगवानसङ्ग मेरो केही गुनासो छैन तर मेरो जीवन सकिदा सम्म पनि कहिल्यै नबिर्सिने अमिट छाप दिएकोमा मात्रै चित्त दुखाएको छु । यदि पुनः फेरि जन्म हुन्छ भने म स्वयं सिर्जना हुन पाउ अनि विवेक मेरै भएर हाम्रो अधुरो प्रेम यात्रा पूरा गर्न पाउ ।।
मन कुमार तामाङ (गाउले लेखक )
फक्ताङ्लुङ ४ ताप्लेजुङ
श्री पार्वती मा.बि. मा कार्यरत शिक्षक