काठमाडौं । नेपाल युवा परिषद्ले काभ्रेको रोशी गाउँपालिकाका बाढीपहिरो पीडित विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
बिगत १३ वर्षदेखि युवाहरुको क्षेत्र क्रियाशिल युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायतका क्षेत्रका कार्य गर्दै आइरहेको परिषद्ले गत असोज दोश्रो साता गएको बाढीपहिरोबाट पीडित परिवारका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष सरोज बानियाँले जानकारी दिनुभयो ।
वाढीले रोशी गाँउपालिकामा ठुलो परिणाममा भौतिक र मानवीय क्षति भएको थियो । त्यसमा पनि बिभिन्न सामुदायिक विद्यालयहरुको भौतिक क्षतिले त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको शैक्षिक जीवनमा नै असर पर्ने पो हो की भन्ने आशयका साथ नेपाल युवा परिषद र मास्टरपीस एनवाईसीको अगुवाईमा, लायन्स क्लब इको फ्रेण्डी, चिनारी नेपाल, रैथाने एग्री प्रडक्टस् नेपाल र लुम्बिनी विश्व शान्त मंचको संयुक्त पहल कदमीमा रोशी गाउँपालिका को बाढीपहिरो प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण सम्पन्न गरिएको अध्यक्ष बानियाँले बताउनुभयो।
रोशी गाउँपालिका २१५ जना बाढीपहिरो पीडित विद्यार्थीहरुलाई पुग्ने गरी शैक्षिक सामग्रीहरु वितरण गरेकोमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले नेपाल युवा परिषद र परिषद लगायत सहयोगी संस्थाहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
रोशी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा रोशी माध्यमिक विद्यालयका २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको हातबाट शैक्षिक सामग्री वितरण गरेको कुरा परिषदका केन्द्रिय सदस्य एवं बागमती प्रदेश संयोजक नविन गिरीले बताउनुभयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले शिक्षाको उज्यालो घामबाट विद्यार्थी भाइबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र विद्यार्थी भाइबहिनीहरुले पनि समाजलाई आफुले सक्दो सहयोग गर्न सक्नुपर्छ भन्दै काभ्रे जिल्लावासीको तर्फबाट पनि नेपाल युवा परिषदलाई धन्यवाद व्यक्त गर्नुभयो ।
२०७२ को भूकम्पबाट प्रभावित बिभिन्न जिल्लाका विद्यालय तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरको परिषद्ले आगामी दिनहरुमा पनि यस्तै प्रकोपमा परेका विभिन्न स्थानहरुमा समेत शैक्षिक सामग्रीहरु वितरण गर्ने लक्ष्य राखिएको बानियाँले बताउनुभयो ।