काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचक १० अंकले घटेको छ । नेप्से १०.६१ अंक घटेको हो । योसँगै बजार २६३३.३२ विन्दुमा कायम छ । यस दिन १०५ कम्पनीको शेयर मूल्य बढेको छ । १२९ कम्पनीको शेयर मूल्य घटेको छ । र, नौ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
सोमबार ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ ६५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एक करोड ७२ लाख ५३ हजार ६७६ कित्ता सेयर ८७ हजार ५६४ पटकमा खरिद–बिक्री भएको थियो । ङादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, बोट्लर्स नेपाल (बालाजु) लिमिटेड सबैभन्दा बढी कमाउने कम्पनीमा दरिए ।
यसदिन सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, हिमालयन रिस्योरेन्सको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । समूहगत उपसूचकतर्फ बैंकिङ, होटेल, लगानी, जीवन बीमा, म्युचअल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य सूचक घटेका छन् । बाँकी समूहको शेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।