काठमाडौं । माओवादी केन्द्रीय सदस्य उमेश कुमार यादवले वर्ष २०८१ लाई विदाई गर्दै गर्दा नयाँ वर्ष ८२ मा व्यक्तिगत कार्यशैली र आचरण फेर्न आवश्यक रहेको कुरा औंल्याएका छन् ।
सामाजिक सञ्जाल फेसबुक (मेटा)मा लामो स्टाटस लेख्दै केन्द्रीय सदस्य यादवले पूँजीवादको विकल्प समाजवादीहरुले दिनु पर्नेमा त्यस्तो हुन नसकेको र अब प्रत्येकले यसबारे सोच्ने र सुध्रिने बेला आएको सन्दर्भ औंल्याएका हुन् ।
हेरौँ, यादवको स्टाटस जस्ताको त्यस्तैः
पूंजीवाद आफ्नो गहिरो संकटको समाधान क्रुरता ,दमन ,लुटपाट ,हत्या ,हिंसा र अति केन्द्रिकरणमा खोज्दै विश्वभरी नै आतंक मच्चाउँदै छ।अत्यधिक लाभको लागि श्रमजीवी जनतालाई कंगाली र बेरोजगारीको शिकार दिनप्रतिदिन बनाउदै गइरहेको छ। निर्देशित र नियंत्रित लोकतन्त्र को नाममा उदण्डता प्रदर्शन गर्दै हरेक क्षेत्रमा संकट थप्दै छ।
पूंजीवादले नक्कली , काल्पनिक दुश्मनहरुको निर्माण (नश्लिय,धार्मिक, नृजातीय वा अन्य कुनै अस्मिता मा आधारित ) गर्दै हरेक क्षेत्रमा हिंसा ,लुटपाट , अपराधीकरणलाई बढाइरहेको छ। बेरोजगारी ,महँगाइ, भ्रष्टाचार देखि लिएर सामाजिक र आर्थिक असुरक्षा सम्म पूंजीवादको पाप पखाल्नको लागि त्यहीँ नक्कली दुश्मनलाई दोषी ठहर्याउँछ । वर्तमानमा पनि सन्सारभरी हत्या ,हिंसा ,लुटपाट ,अर्को देश माथिको आक्रमण पूंजीवाद को क्रुरता हामी देखिरहेका छौं ।
पूंजीवादको विकल्प समाजवादीहरुले दिनुपर्नेमा हाम्रो देशमा पूंजीवाद कै दर्शनलाई समाजवादीहरुले पछ्याइरहेको हुँदा समस्याहरु समाधानमा जटिलता थपिनु, दलहरू भित्र नियंत्रित , निर्देशित र गुटीय लोकतन्त्रले प्रश्रय पाउनु , विभिन्न आयोगले दोषी ठहर्याएकाहरु लाई कार्यावाही गर्न न सक्नु , उत्पीडित जनतालाई अधिकार दिन आनकानी गर्नु ,अन्ध राष्ट्रवाद को नाममा मधेसी समुदाय लाई बिदेशी देख्नु ,ठुला तीनवटै पार्टीको संरचनामा उत्पीडित जातिबाट प्रतिनिधित्वहरु को संख्या र विभिन्न क्षेत्रमा भएका कार्यबिभाजन दयनीय स्थितिमा रहनु ,तिनवटै पार्टीको पदाधिकारी हरुको सचिवालय ,केन्द्रिय कार्यालयमा उपस्थिति मा उत्पीडित जाति र त्यसमा झन् मधेसीको उपस्थिति नगण्य बराबर नै छ। यसको कारण बिचार सङ्ग संबंधित छ।
प्रतिगामीशक्तिहरु धार्मिक अतिवादी एबम निराश जनता लाई भडकाएर आफ्नो लुटको स्वर्ग फर्काउन कोशिस गरिरहेका छन् भने दलाल एबम नौकरशाही पूंजीपतिबर्ग को खस जातीय अहंकारवादी सताले त्यसलाई मलजल गर्ने र सताधारी पार्टीका कतिपय नेताहरु ले मलजल गर्ने काम गरिरहेका छन् ।
आज २०८१ साल लाई बिदाइ गर्दैछौं ।हामीले पूंजीवादको षड्यन्त्र र हाम्रो देशको सताधिशबर्ग र जातीय अहंकार, प्रतिगामीहरुको फासीवाद को यात्रा लाई रोक्न बैचारिक राजनीतिक साँस्कृतिक प्रत्याक्रमणक को तैयारीमा ढिलाइ गर्दा आत्मघाती दुष्परिणाम भोग्नै पर्छ ।यसको लागि बैज्ञानिक समाजवादी क्रान्ति को तैयारी मा जुटनु को विकल्प छैन ।
आउनुहोस् ,हामी क्यालेन्डर मात्रै बदल्ने होइन ,पूंजीवाद सङ्ग को लडाइँ मा ,प्रतिगामी शक्तिहरु सङ्ग को लडाइँमा ,अहिले देखिएका चुनौतीहरु माथि बिजय पाउन निर्णायक तैयारीमा जुटौं । बिक्रमसम्वत २०८१ ले थपिदिएको चुनौतीलाई सुन्दर सम्भावना र अवसरमा बदल्न क्यालेन्डरको साथसाथै मैले कार्यशैली बदल्नु छ,मेरा चिन्तन मा रहेका अपुगताहरु पुरा गर्नुछ ,मैले आत्मआलोचना बाट र तपाईंहरु बाट थप सिक्नुपर्ने छ।तसर्थ जीवन का बाकी समय लाई पनि जनताको पक्षमा निरन्तर संघर्षरत बनाइ राख्न सबै जनपक्षीय शक्तिर ब्यक्तिहरु सङ्ग को सहकार्य बाट मात्रै सम्भव छ भन्ने गहिरो आत्मसात गर्दै सबैमा नया बर्ष ८२ को सबैमा शुभकामना ।