अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जेठ १ देखि ३ गतेसम्म विद्यार्थी महोत्सव आयोजना गर्दैछ । उच्च शिक्षाको मूल गन्तव्य नेपाल नै उत्कृष्ट हो भन्ने आशा जगाउन महोत्सव आयोजना गरिएको अनेरास्ववियु सचिव प्रकाश पौडेलले बताउनु भयो । किन, केका लागि र कसका लागि महोत्सव आयोजना गरिएको हो भन्ने बारेमा दिपेन्द्र खनियाले सचिव पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः
० जेठ १ गतेदेखि गर्न खोजेको कार्यक्रमबारे भनिदिनुस् न ?
–जेठ १ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको स्थापनाको ६०औं वर्ष हामी मनाउँदैछौं । पछिल्लो ५९ वर्षलाई फर्किएर हेर्दा जागरणको अभियान चलाउँदा रगत बगाउने व्यक्ति गंगालाल श्रेष्ठ हुनुहुन्थ्यो । सबै खालका परिवर्तनको अगुवाहरु विद्यार्थी थिए । विभिन्न चरणको आन्दोलनको अगुवाइ गर्ने काम विद्यार्थीहरुले नै गरे । जुनसुकै खालेको अप्ठ्यारोमा विद्यार्थीले नै अगुवाइ गरेका थिए ।
आजको समय परिवर्तित छ, यो परिवर्तत समयको पनि विद्यार्थीले नै अगुवाइ गर्नुपर्ने भन्ने हामीले महशुस गरेका छौं । विभिन्न शासन कालमा जनता दमन गर्ने काम शाषकले गरे । आज दमन छैन, तर डिस्ट्रयाक गर्ने काम भएको छ । आज पनि युवा, विद्यार्थीलाई सम्भावनाका बारेमा बुझाइएको छैन, प्रेरित गरिएको छैन । त्यसैले हामीले ‘इपावरिङ माइन्ड सेफिङ फ्युचर’ भन्ने मूल नाराका साथ १ देखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम आयोजना हुँदैछ ।
वर्तमान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अखिलका अध्यक्ष हुँदा यहि किसिमका कार्यक्रम भएका थिए । त्यसपछि माधव ढुंगेल अखिलका अध्यक्ष हुँदा विज्ञान मेला आयोजना भएको थियो । यो चाहिँ विद्यार्थी युनियनको तर्फबाट आयोजक गरिएको खुला दिमाग, राजनीति कम भएको र यो कार्यक्रम हामी सबैका लागि हो भन्ने महशुस गराउने खालको कार्यक्रम ‘विद्यार्थी महोत्सव’ हो भन्ने लाग्छ । हामी विभिन्न तयारीका साथ कार्यक्रमको सम्मुखमा आइपुगेका छौं ।
० तपाईंहरुको कार्यक्रममा अहिलेका विद्यार्थी गएनन भने के कुरा छुटाउँछ ?
– अभिभावकलाई आग्रह गर्छु, विद्यार्थीलाई कार्यक्रममा पठाइ दिनुहोला । विद्यार्थीहरु आउनुहोला । यो एउटा ठूलो कार्यक्रम हो । त्यहाँ १४ वटा विभिन्न इभेन्टमा कार्यक्रम हुँदैछ । एसइइ परीक्षा लेखेर रिजल्टको पर्खाइमा रहेका, केही दिनअघि मात्र १२ कक्षाको परीक्षा लेख्नु् भएका विद्यार्थी र हामीले कार्यक्रम गरिरहेका बेला कक्षा ११ को पनि परीक्षा चलिरहेको हुनेछ । भौतिक र भर्चुअल सबै माध्यमबाट ६ इन्चको मोबाइलमा हामी पुग्ने छौं ।
यो कार्यक्रमलाई म नछुटाउन अनुरोध गर्दछु । त्यहाँ हामीले बन्न चाहनेहरुका लागि काउन्सिलिङ, ५० भन्दा बढी स्टलमा विभिन्न विश्वविद्यालयबाट तयार भएका लाइभ प्रोजेक्टर हुनेछ । हरेक स्टलमा विद्यार्थीको सिर्जनशीलता त्यहाँ प्रदर्शन गरिनेछ । विद्यार्थीलाई निराश पारेको विश्वविद्यालयको पोलिसी छ, सबै विश्वविद्यालयको एक–एक स्टल रहनेछ । ती स्टलहरुमा विश्वविद्यालयको कार्यक्रम र समस्याका बारेमा, विश्वविद्यालयले गरेका काम, गर्न नसकेका कामबारे जानकारी प्राप्त गर्न सकिने एउटा युनिर्भसिटी इन्फो डेक्स रहने छ ।
नीति निर्माण र आवाजकर्ताहरुलाई समेट्ने गरी ख्यातिप्राप्त व्यक्तित्वहरु, सबै राजनीतिक दलका शक्तिशाली नेताहरु डिवेट एन्ड डाइलकमा समेट्ने छन् । यो मुलुकको शिक्षा प्रणाली, विद्यार्थी पलायनको आजको कारण र हामीले देखेको कुरा तथ्यसहित कार्यक्रम समेटेका छौं ।
सामुदायिक स्कुलले निःशल्क स्टल राख्न पाउने छन् । विदेश विद्यार्थी पठाउने कन्सेल्टेन्सीहरुलाई कुनै स्थान छैन । विश्व अहिले रोबाटिक्स प्रतिस्पर्धामा गइरहेका छौं । युद्धदेखि सिर्जनासम्म सबै काम रोबाटका माध्यमबाट भइरहेको छ ।
तीनवटा टाइटलमा रोबर्ट प्रतिस्पर्धा हुनेछ । यो कार्यक्रमको अर्को आकर्षण हो । त्यसपछि युवा पुस्ताका लोकप्रिय कलाकारहरुलाई जोडेर एउटा प्रफमेन्स गरिनेछ । जेठ १ गते जोन चाम्लिङ एन्ड टिम, २ गते इलिमेन्स, जेठ ३ गते अनुपप्रस्ताको प्रस्तुत रहनेछ ।
एउटा परिवर्तनको आन्दोलनमा संघर्षपछि आधुनिकतर्फको प्रस्थान विन्दु हो ।
बाँकी अडियोमा सुन्नुहोस–