काठमाडौं । निर्माण कार्य अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित ३४ वटा निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले मंगलबार सार्वजनिक सूचना प्रकाशित गरेर पप्पुसहित ३४ वटा निर्माण कम्पनीको नामावली सार्वजनिक गरेको हो । यस्तै, प्रधानमन्त्री कार्यालयले यी कम्पनीबाट काम नगर्न र नगराउन समेत मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।
सरकारले पप्पुलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको छ । यस्तै, प्रेम निर्माण सेवा, सप्तकोशी जलाधार निर्माण कम्पनी, ओम साई एन्ड कम्पनी, युनिभर्सल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट, कोशी एन्ड न्यौपाने, ओम साई क्न्स्ट्रक्सन, ए वान खप्तड कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सलाई कालोसूचीमा राखेको छ ।
यसैगरी चण्डी निर्माण सेवा, सिद्धबाबा कन्स्ट्रक्सन, महेश इन्जिनियरिङ, नविन कन्स्ट्रक्सन, भाव्या कन्स्ट्रक्सन, प्रेम निर्माण सेवा, अमन कन्स्ट्रक्सन, साहनी बिल्डर्स र मामाभाञ्जा निर्माण सेवा कालोसूचीमा परेका छन् ।
कार्यालयले कर्मभूमि कन्स्ट्रक्सन, सुस्मन कन्स्ट्रक्सन, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन, मुस्कान कन्स्ट्रक्सन, जीएस एन्ड एसएस कन्स्ट्रक्सन पनि कालोसूचीमा समावेश छन् । उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन प्रालि, कार्चेन कन्स्ट्रक्सन, स्नेहा निर्माण सेवा र खड्कादेवी कन्स्ट्रक्सनलाई समेत कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।