काठमाडौं । अर्थ सचिव मधु मरासिनीले आगामी बजेटले नीतिगत अस्थिरतालाई चिर्ने बताउनु भएको छ । इप्पान र नाडाको सहकार्यमा इमानले काठमाडौंमा आयोजना गरेको बजेट विषयको अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
सचिव मरासिनीले, ‘अबको नीति, बजेट र मौद्रिक नीति अस्थिरता चिर्न हिसाबले आउँछ । निजी क्षेत्रलाई पोलिसी सपोर्ट गरेर अर्थतन्त्र सुधार हुनुपर्ने सरकारको दायित्व हो । नीतिगत स्थिरता कायम राख्नु सरकार सकारात्मक छ ।’
पोलिसीजन्य समस्या समाधान भएर बजेट आउनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘पोलिसीमा रहेको समस्या परिमार्जन हुन्छ ढुक्क हुनुहोस् । इप्पान र अटो सेक्टर सरकारको पाङ्ग्रा हो । उर्जा देशको अर्थतन्त्रको मुख्य आधार हो । उर्जामा रहेका समस्या समाधान गर्न सरकार छलफलमा छ ।’
पुरानै हुँदा राजस्व संकलनमा कमी आएको मरासिनीले बताउनुभयो । राजस्व सोचे अनुरूप आइरहेको छैन, उहाँले अगाडि भन्नुभयो, ‘पुरानै सिस्टमले राजस्व संकलन हुँदा कमि आएको हो । अब नयाँ सिस्टम आउनुपर्छ । सोचे अनुसारको आर्थिक वृद्धितिर बजेटको ध्यान छ । अर्थतन्त्र चलायमान बनाउन सरकार सँधै अग्रसर भइरहेको छ ।’
९८ प्रतिशत नागरिकको विधुतको पहुँचमा पुग्नु खुसीको विषय भए पनि थप गुणस्तरीय बनाउनु पर्ने उहाँको भनाइ छ । ‘उर्जामा नयाँ फड्को आएको छ । अब थप गुणस्तरीय बनाउनु पर्छ’ उहाँले भन्नुभयो । अटो क्षेत्रको समस्या समाधान हुँदै जाने मरासिनीको तर्क थियो । उनले भने, ‘अटो क्षेत्रमा कुनै बेला संकुचन आएको थियो । कोरोनाको बेला अटो क्षेत्रमा केही असहजता आएको हो । अहिले सुधार हुँदैछ । सधैं समस्या भइरहने छैन ।’
बाधक नीति फुकुवा गर्ने अर्थ सचिव मरासिनीले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । ‘उर्जाको समान भन्सारमा रोकिएर बसेको छ, भन्ने छ । यो कार्यमा सहजिकरण हुनुपर्ने । म सम्बन्धित निकायलाई भन्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यसमा रहेका वाधक नीति फुकुवा गर्नुहोस् । के समस्या छ ? मन्त्रालय आउनुहोस् । हामी सहजिकरण गर्छौँ ।’