नेपाली कांग्रेसका युवा र बौद्धिक नेता गुरुराज घिमिरे राजनीतिककर्मी र राजनीतिक विश्लेषक पनि हुन् । केही साता अघि उनले लेखेको लेखले नेपाली राजनीतिमा एउटा तरंग ल्याइदियो । नेपालको राजनीतिक दलहरुमा हानिकारक वस्तुको प्रवेश भयो । जो व्यक्ति नेतासँग नजिक हुन्छन्, ती मान्छेहरु मात्रै नेतृत्वमा आउँछन्, तर जो स्वतन्त्रपूर्वक विचार राख्छन् त्यो कर्मको कसैले मूल्यांकन गर्दैन । नेपालको राजनीति र लोकतन्त्र कता गइरहेको छ ? नेपालको युवा राजनीतिमा किन आवश्यक छ भन्ने विषयमा नेपाल कभरका लागि कमल ढकालले युवा नेता घिमिरेसँग गरेको कुराकानी–
नेपाली कांग्रेसमा युवा र उपल्लो तहका नेताहरुबीच भिड्न्त हुन लागेको हो ?
– नेपालको राजनीतिमा एउटा यस्तो युग दिग्भ्रमित छ । हामीले एउटा राजनीतिक प्रणाली स्थापना गर्यौं, विगतका अभ्यासभन्दा अघि बढेका छौं, जसलाई हामी लोकतान्त्रिक गणतन्त्र भनेका छौं । विगतमा अभ्यास गरिएकोभन्दा यो उन्नत हो । यो जनताको सर्वोपरी हितमा केन्द्रित हुन्छ । यसले जनतलाई गुनासो गर्ने ठाउँ राख्दैन । नयाँ पुस्ताको भविष्यलाई सुरक्षित गर्छ, नेपालको भौतिक विकास पनि गर्छ । उन्नतिर गरेर देशलाई प्रतिष्ठित राष्ट्र बनाउँछ । र, जनतालाई सुख दिन्छ । राजनीतिको मूल आत्मा भनेको पनि त्यही हो । राजनीतिशास्त्रको ठेली पल्टाउनु पर्दैन, राजनीतिको मूल उद्देश्य पनि यही हो । जसमा अगाडि बढ्नका लागि एउटा राजनीतिक प्रणालीमा सहमति जनाउँछन् ।
राज्यव्यवस्था र त्यसमार्फत् अन्तर्राष्ट्रिय पहिचान । संसारको कुनै पनि कुनामा जाँदा नेपाली भनेर शिर निहुराउन नपरोस् । सँगसँगै हामीले छिमेकीहरुसँगको सुमधुर सम्बन्ध हो । शक्ति राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ । राजनीतिमा यति भए पर्याप्त हुन्छ । वात, विवाद र सिद्धान्त भन्ने कुरा पार्टीले अंगिकार गर्ने मान्यता हो । वादको विवाद सुन्दा संसारका मानिस छक्क पर्दा हुन् । वाद भनेको बाटो देखाउने एउटा माध्यम मात्र हो, गर्ने हामीले नै हो ।
हामीले दिग्भ्रमित राजनीतिक प्रणाली ल्यायौं, यो प्रणालीलाई हामीले संस्थागत पनि गर्यौं, संविधान पनि बनायौं, तीन तहका निर्वाचन पनि गर्यौं, तर अहिले हामीले राजनीतिक दलका नेता, प्रधानमन्त्री भएका व्यक्तिलाई नेपाल कहाँ र कता जाँदैछ भनेर सोध्यौं भने गोलमोटल जवाफ आउँछ, वस्तुगत जवाफ आउँदैन । जनताले चित्त बुझाउने खालको जवाफ आउँदैन ।
हामीले संस्थापनतइतरको भेला ग¥यौं । नेपालको अवस्था पनि ठीक छैन, कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुले मुलुकलाई सही ढंगले अगाडि बढाइरहेका छैनन् । मुलतः पार्टीलाई राम्रोसँग अगाडि बढाइरहेका छैनन् । संस्थापनबाट अपहेलित, उपेक्षित र पार्टीमा २० देखि ४० वर्ष योगदान गरेका विभिन्न पेशा व्यवसायमा रहेका, कालखण्डमा एउटा न एउटा भूमिका निर्वाह गरेका साथीहरुबीच भएको छलफल थियो, त्यो ।
कसैको पक्ष वा विपक्षमा होइन, गुट विशेषलाई पक्षपोषण गर्ने प्रयोजनका लागि त्यो भेला थिएन । खाली दिमागले केदारमानसिंह बस्नेतजीको अगुवाइमा सवासय जतिको भेला हामीले गरेका हौं । त्यो अनौपचारिक भेला थियो । त्यहाँ हामीले आपसमा के गर्दैछौं, पार्टीको अवस्था के छ ? सम्बन्धमा नवीकरण र एकअर्कामा नजिक राख्न हामीले भेला राखेका हौं । भोलि पार्टीका विभिन्न गतिविधिमा आफ्नो उपस्थिति जनाउनुपर्छ भन्ने निष्कर्ष हामीले भेलाबाट निकाल्यौं ।
० कि हामी छोड्छौं, कि हामी भिड्छौं भनेको के हो ?
– जीवनको उर्वर समय पार्टीलाई दियौं, त्यो हाम्रो लगानी खेर गयो त ? पार्टीले उपेक्षा गर्योभन्दैमा पिठ्यु फर्काएर भाग्ने या पार्टीलाई सही बाटोमा हिडाउने काम गर्ने ? भन्ने विषयमा साथीहरुले आ-आफ्नो भनाइ राखेका थिए । अधिकांश साथीहरुले हिजोको हाम्रा लगानी खेर जान दिनुहुँदैन, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालियो । पार्टीभित्रको गतिविधिमा चनाखो भएर सरिक हुने, सरिक हुन नसकेका कार्यक्रममा परैबाट सचेतकतापूर्वक हेर्ने, आवश्यक सुझाव पनि दिने । र, आफूलाई क्रियाशील राख्ने, पार्टीभन्दा टाढा नलैजाने पक्षमा साथीहरु उभिएको पाइयो । साथीहरुमा केही गर्नुपर्छ भन्ने उत्साह र आत्माविश्वास अहिले पनि कायम रहेको पाइयो ।
बाँकी भिडियोमा हेर्नुस्–