राष्ट्रिय युवा संघका उपाध्यक्ष कृष्णहरि केसी युवाहरुका नेता हुन् । हालै संसदमा ताड्ब नृत्य देखियो । बामपन्थी आन्दोलनका शीर्ष नेता केपी शर्माविरुद्ध नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देखाएको व्यवहारप्रति युवा संघ नेपालको धारणा बुझ्न यो कुराकानी गरिएको हो । युवा संघ यतिबेला के गरिरहेको छ, देशभरका युवाहरुका बारेमा के सोचिरहेको छ, युवा संघले के रचनात्मक कामका बारेमा नेपाल कभरका लागि कमल ढकालले गरेको कुराकानी–
० संसद भवन नरसंहारको थलो बन्न लागेको हो ?
– तपाईंले आशंका गरेको ठाउँसम्म पुग्दैन । नेपाली कांग्रेसका उपसभापति जो पूर्व कानुनमन्त्रीसमेत हुनुहुन्थ्यो, उहाँले नेपालको कानुनको धज्जी उडाउँदै संसदीय परम्परा, मूल्य, मान्यता र पद्धतिका विरुद्ध जुन व्यवहार देखाउनु भयो, त्यो व्यवहारविरुद्ध राष्ट्रिय युवा संघको तर्फबाट म घोर निन्दा र भत्सना गर्न चाहन्छु ।
यतिबेला हामी संसद भवनतर्फ फर्केका छौं, त्यहाँको असंसदीय गतिविधि घिन लाग्दो छ, कांग्रेसले यस्तो व्यवहार गर्छ र भनेर शंका गर्नुपरेको छ । कांग्रेसले देखाएको व्यवहार शोभनीय विषय होइन । कांग्रेसले कस्ता मान्छेलाई सांसद बनाइरहेको छ । कांग्रेस सांसदहरुलाई संसदीय मूल्य मान्यता र पद्धतिको पाठ पढाउनुपर्ने हो ?
संसदीय परम्परामा विरोध गर्न पाइन्छ । संसदमा पक्ष र प्रतिपक्ष हुन्छ । पक्ष भनेको सत्ता पक्ष हो । पक्ष र प्रतिपक्षका लागि बेग्लै बेन्च हुन्छ । उनीहरुले विरोध गर्दा पनि नियमापत्ति जनाउनुपर्छ । सभामुखसँग समय लिनुपर्छ । कार्यव्यवस्था परामर्श समितिमा छलफल चल्छ । के विषयमा छलफल गर्ने भनेर सभामुखले दलका सचेतकहरुलाई बोलाएर विषयवस्तुको छनोट गर्नुहुन्छ ।
सत्ता र प्रतिपक्ष भनेको संसदको गहना हो । प्रतिपक्षले उसका आवाज बुलुन्द गर्न पाउँछ । प्रतिपक्षले सभामुखको मातहतबाट आवाज बुलुन्द बनाउनुपर्छ । तर संसदलाई घृणित बनाउने काम कांग्रेसले गरिरहेको छ । कांग्रेसलाई म सचेत गराउन चाहन्छु ।
प्रतिपक्षले विरोध गर्दा बेल घेराउ गर्नुपर्ने हो, सभामुखतर्फ फर्किनुपर्ने हो । तर उनीहरु सत्ता पक्षतर्फ पर्किएका छन् । विशेष गरी एमालेतर्फ फर्किएर हाम्रा श्रदेय अध्यक्षमाथि नै सांघातिक आक्रमण गर्ने दुस्प्रयात्नसहित कांग्रेसका धनराज गुरुङले गरेको अराजक गतिविधिलाई जति निन्दा गरे पनि कमी हुनेछ । यसविरुद्ध म खेद प्रकट गर्न चाहन्छु ।
बाँकी भिडियोमा हेर्नुस्