काठमाडौं । बजारमा प्याकेट र बट्टाबन्द खानेकुराको विगविगी छ । यस्ता प्याकेट र बट्टाबन्द खानेकुराको बाहिरि खोलमा विभिन्न शब्दहरु प्रयोग गरिएका हुन्छन् । यस्ता खानेकुराको खपत विश्वभर नै बढ्दै गइरहेको छ । चिजबल्स, चाउचाउ, कुरकुरे, चिप्स, पाउरोटी, कर्नफ्लेक्स, मिठाइ, पेय पदार्थ, विस्कुट, यसका उदाहरण हुन् ।
यसरी तयारी खानेकुराहरूले मधुमेह, हृदयाघात, मोटोपना, निद्राको समस्या, एन्जाइटी, डिप्रेशन र क्यान्सरको खतरा निम्त्याउछ । त्यस्ता तयारी खानेकुराहरूमा मैदा, बोसो र रासायनिक पदार्थ मिसिएको हुनाले यी समस्या देखिन्छन् ।
आफूले खानेकुराको लेबल हेर्न उपभोक्ताका लागि अति जरुरी छ । लेबलको बेवास्ता गरेर कतिपय उपभोक्ताले बजारमा पाइने खानेकुरा उपभोग गरिरहेका छन् भने कतिपयलाई लेबलमा लेखिएको कुराबारे थाहा नै हुँदैन । अहिले बजारमा छ्यापछ्याप्ती पाइने प्याकेट तथा बट्टाबन्द खानेकुरामा लेखिने शब्दहरु र कत्तिको स्वस्थकर छन भन्नेबारे चर्चा गरौंः
कम-चिल्लो, Low Fat
एक पटकको खानामा ३ ग्राम भन्दा बढी चिल्लो हुँदैन । सामान्यतया चिल्लोलाई चिनीले प्रतिस्थापित गरिएको हुन्छ । कम–फ्याट उत्पादनहरू स्वस्थ नै हुन्छन भन्ने छैन । उदाहरणका लागि, मैदा र चिनीको संयोजनले पनि वस्तु उत्पादन गरिएको हुनसक्छ ।
घटाइएको चिल्लो, Reduced fat
यस्ता उत्पादनमा उत्पादनको “मूल“ संस्करण भन्दा कम्तिमा २५% कम चिल्लो हुन्छ । अरु विवरण भन्दा यो दाबी सही हुनसक्छ । पहिले कति चिल्लो थियो र परिमार्जित स्वरुपमा कति प्रतिशत चिल्लो छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । यस्ता उत्पादन पनि स्वस्थ छ भन्ने ग्यारेन्टी भने हुँदैन ।
कम सोडियम Low-sodium
एक पटकको खानामा सोडियमको मात्रा १४० मिलीग्राम भन्दा कम भएका खानाको लेबलमा यो सूचना रहेको हुन्छ । यो एक उपयोगी जानकारी हो, विशेषगरी तपाईं एक स्वस्थ उत्पादन जस्तै डिब्बाबन्द खाना चयन गर्दै हुनुहुन्छ, भने ।
सोडियम–मुक्त वा सोडियम छैन Sodium-free or no sodium
एक पटकको खानामा सोडियमको मात्रा ५ मिलीग्राम भन्दा कम भयो भने यो सूचना राखिएको हुन्छ । यदि तपाइँ स्वस्थ खाना खोज्दै हुनुहुन्छ भने यो एक उपयोगी विकल्प हुन सक्छ ।
घटाइएको सोडियम Reduced sodium
यस्ता उत्पादनमा उत्पादनको ‘मूल’ संस्करण भन्दा कम्तिमा कम्तिमा २५ प्रतिशत कम सोडियम रहेको बुभ्mनु पर्छ । यदि तपाईंले, उच्च प्रशोधित खानामा सोडियम कम रहेको थाहा पाउनु भएपनि उत्पादन स्वस्थ छ भन्ने ग्यारेण्टी भने हुदैन ।
कम–कार्ब{, Low-carb
यस दावीको लागि कुनै निश्चित विधिहरु तय गरिएको छैन । यो दाबी प्रायः कार्बोहाइड्रेटबाट प्राप्त हुने शक्ती ५-१०% भन्दा कम क्यालोरी भएका खानाहरूमा प्रयोग गरिन्छ । यसको अर्थ सामान्यतया उत्पादन धेरै बोसो हुन्छ । साथै यस्ता खाद्य पदार्थहरूमा, अत्यधिक प्रशोधित चिल्लो हुन्छ । यसमा रसायन, स्वाद र दाना बिग्रन नदिने तत्वहरु उच्च हुनसक्छ ।
कम क्यालोरी, Low calorie
एक पटकको खानाको मात्रा ३० ग्राम (१औंस) र प्रति पटक ४० क्यालोरीभन्दा कम भएको खाना यो वर्गमा पर्दछ । कम क्यालोरी जंक फूडनै हो र सामान्यतया स्वास्थ्यका लागि हानिकारक मानिन्छ । चिप्सका प्याकेट, गुलिया पेय पदार्थहरु यसका उदाहरण हुन ।
घटाइएको क्यालोरी Reduced-calorie
खानामा उत्पादनको मूल संस्करण भन्दा कम्तिमा २५ प्रतिशत कम क्यालोरी हुनुपर्छ । यो मूल उत्पादनको राम्रो विकल्प हुनसक्छ । तर, यदि मूल उत्पादन नै स्वस्थ छैन भने, घटाइएको क्यालोरीले कुनै अर्थ राख्दैन ।
हलुका उत्पादनमा Light
मूल उत्पादन भन्दा ५० प्रतिशत कम चिल्लो भएको उत्पादनमा लाइट लेखिएको हुन्छ । तर, लाइट लेखिएपनि यस्ता उत्पादनहरु आवश्यक रूपमा स्वस्थ छन भन्ने ग्यारेण्टी हुँदैन । क्यालोरी घनत्व घटाउन पानी हाल्न सकिन्छ, वा चिनी वा गैर पोषणयुक्त वस्तुको प्रयोगबाट चिल्लोलाई प्रतिस्थापन गरिुएको हुनसक्छ ।
प्राकृतिक Natural
प्राकृतिक भनेको खानामा केही तत्वहरु प्राकृतिक हुन्छन् जुन वास्तविक खानाबाट बनेका हुन्छन् । उदाहरणका लागि केरा वा मरमसालाहरू । प्राकृतिक शब्दले स्वस्थ उत्पादनको ग्यारेन्टी भने गर्दैन ।
चिनी नथपिएको No Added Sugar
यो सामान्यतया राम्रो कुरा हो । यस्ता वस्तुहरुमा प्रसोधनका चरणमा चिनी नमिसाइएको बुझिन्छ तर यसको मतलब यो होइन कि उत्पादन अनिवार्य रूपमा स्वस्थ छ । उदाहरणका लागि, मैदा र आंशिक रूपमा हाइड्रोजनयुक्त कपासको तेलले बनेको क्रयाकर बिस्कुटले पनि चिनी नथपिएको दाबी गर्दछन ।
चिनी-रहित Sugar-free
चिनी–रहितको अर्थ उत्पादित वस्तुमा चिनी छैन भनेर बुभ्mन हुदैन । एक पटकका लागि तोकेको खानाको मात्रामा ०.५ ग्राम भन्दा कम चिनी हुन्छ भनेर बुभ्mनु पर्छ । धेरै खाने हो भने चिनीको मात्रा पनि धेरै पाइन्छ भनेर थाहा पाएको राम्रो हुन्छ ।
ग्लुटेन-मुक्त Gluten-free
ग्लुटेन–मुक्त भन्नाले उत्पादनमा गहुँ, राई, जौ, चामल लगायतका ग्लुटेन भएका वस्तु समावेश हुँदैन । ग्लुटेन संवेदनशीलता भएका व्यक्तिहरूको लागि, यो महत्त्वपूर्ण छ । तर ध्यान राख्नुहोस् कि धेरै ग्लुटेन–मुक्त खानाहरू अत्यधिक प्रशोधन गरिन्छ र खानामा परिष्कृत ग्लुटेन–मुक्त आटा, अस्वस्थ्यकर चिल्लोे, थपिएको चिनी र नुन समावेश हुन सक्छ ।
भेगन Vegan
भेगनको अर्थ शाकाहारी हैन । दुध, दही शाकाहारी मानिन्छ, तर भेगनमा पशुजन्य उत्पादनहरू समावेश हुँदैन । जुन मासु र दुग्धजन्य पदार्थबाट टाढा रहन चाहने धेरै मानिसहरूका लागि राम्रो कुरा हो । तर ध्यान राख्नुहोस्, अहिले प्रशस्त मात्रामा ‘भेगन जंक फूड’ पाइन्छ, र चिनीयुक्त सफ्ट ड्रिङ्कहरू पनि भेगन नै हुन । त्यसैले भेगन भन्ने वित्तिकै स्वस्थ मानिहाल्ने भन्ने हुँदैन ।
ट्रान्स फ्याट-रहित Trans fat-free
यदि कुनै खानामा ०.५ ग्राम भन्दा कम कृत्रिम ट्रान्स फ्याट छ भने, खानाको लेबलमा ० ग्राम ट्रान्स फ्याट लेखिएको हुनसक्छ । यसलाई लेबलमा राख्नुको अर्थ, प्रभावकारी रूपमा, केही पनि होइन । तर वास्तवमा, प्रति इकाइ खानामा ०.४ ग्राम ट्रान्स फ्याट हुन सक्छ । त्यसो भए यदि तपाइले ४ इकाइ खाना खानुभयो भने, तपाइले अझै पनि सैद्धान्तिक रूपमा १.६ ग्राम ट्रान्स फ्याट उपभोग गर्न सक्नुहुनेछ, जुन लेबलमा देखिदैन ।
सम्पूर्ण अन्नको साथ Made with whole grains
सम्पूर्ण अन्नको साथ बनाइएको यसको मतलब यो हो कि उत्पादनमा प्रयोग गरिएको कम्तिमा एक अन्न पुरा मात्रामा राखिएको छ । तर, धेरै जसो अन्नहरू अझै पनि थोरै मात्रामा होल ग्रेन ओट्स थपेर परिष्कृत गरिएको रे त्यसपछि ‘पूरै अन्नले बनेको’ भनिएको हुनसक्छ । त्यसैले यो दाबीले धेरै अर्थ राख्दैन ।
धेरै प्रकारको अन्न, Multigrain
धेरै प्रकारको अन्नले तपाइलाई बताउँछ कि उत्पादनमा एक भन्दा बढी प्रकारको अन्न मिसाइएको छ । तर, एक भन्दाबढी प्रकारको अन्न मिसाउँदैमा यस्ता खाना पूर्णरुपमा स्वस्थकर छन भन्ने चाँहि हुँदैन ।