काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल भिडन्त आइतबार राति हुँदैछ । यो सिजनको फाइनलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै छन् । चेन्नईमा हुने फाइनल नेपाली समय अनुसार राति पौने आठ बजेदेखि शुरु हुनेछ ।
कोलकाता समूह चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै हराएर फाइनलमा पुगेको हो । कोलकाता नाइट राइडर्सले अहिलेसम्म सन् २०१२ र २०१४ मा गरि दुई पटक आईपीएलको उपाधि जितेको छ । त्यस्तै २०२१ मा उपविजेता बनेको थियो ।
सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकातासँग हारेपछि दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेको हो । सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक सन् २०१६ मा आईपीएलको उपाधि जितेको छ भने २०१८ मा उपविजेता बनेको थियो ।
कोलकोताका प्रमुख खेलाडी
सुनील नारायण : खेल १४ , रन ४८२ ( १ शतक/३ अर्धशतक विकेट १६ )
श्रेयस अय्यर : खेल १४, रन ३४५ ( २ अर्धशतक)
वेंकटेश अय्यर : खेल १४, रन ३१८ ( ३ अर्धशतक)
वरुण चक्रवर्ती : खेल १४, विकेट २०
हर्षित राणा : खेल १४, विकेट १७
मिचेल स्टार्क : खेल १३, विकेट १५
आंद्रे रसल : खेल १४, रन २२२ ( अर्धशतक १ विकेट १६)
सनराइजर्सका प्रमुख खेलाडी
ट्रेविस हेड : खेल १४, रन ५७६ ( १ शतक/४ अर्धशतक)
अभिषेक शर्मा : खेल १५ , रन ४८२ ( ३ अर्धशतक)
हेनरिक क्लासेन : खेल १५ , रन ४६३ ( ४ अर्धशतक)
टी नटराजन : खेल १३, विकेट १९
पैट कमिंस : खेल १५ , विकेट ११
भुवनेश्वर कुमार : खेल १५ विकेट ११
नितीश कुमार रेड्डी : खेल १२ , रन २९० ( अर्धशतक २ विकेट ३)