बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।
नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।यसैबिच
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । तराईका भू–भागहरूमा आगामी ३ दिन (२०८१ जेठ १३ गते देखि २०८१ जेठ १५ गते) सम्म तातो हावा तथा तातो लहको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन आग्रह गरेको हो ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले सुझाएका उपायहरू
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह लिन समेत विभागले सुझाव दिएको छ ।
बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।
नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।यसैबिच
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । तराईका भू–भागहरूमा आगामी ३ दिन (२०८१ जेठ १३ गते देखि २०८१ जेठ १५ गते) सम्म तातो हावा तथा तातो लहको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन आग्रह गरेको हो ।